बुटवल । अर्घाखाँचीकोे सदरमुकाम सन्धीखर्क देखी गोरुसिंगे जोड्ने पहिरोले अवरुद्ध पारेको छ । पाणिणी गाउँपालिका अन्तरगत घुम्टी भन्ने स्थानमा सडक माथीदेखी खसिरहेको पहिरोले सडक अवरुद्ध भएको घटनास्थलबाट यात्रु बिनोद भुसालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार गएरातीदेखी लगातार परिरहेको पानीले पहिरो खसेको र खुलाउनको लागि एक्साभेटर परिचालन गरिएको जनाएको छ । सिमसिम पानी पर्ने तथा माथीबाट समय समयमा ढुंगामाटो सहितको पहिरो खस्दा खुलाउन गाह्रो भईरहेको प्रहरीको भनाई छ ।
बाटो बन्द हुँदा सो सडकमार्फत यात्रा गर्ने यात्रुकहरु अलपत्र परेका छन् भने एम्बुलेन्सहरु समेत रोकिएका छन् ।




