२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

नवलपुरमा रातिदेखि नै भारी बर्षा, नदी आसपासको बस्तीमा सतर्क रहन प्रशासनको आग्रह

नवलपुरमा रातिदेखि नै भारी बर्षा, नदी आसपासको बस्तीमा सतर्क रहन प्रशासनको आग्रह

नवलपुरमा रातिदेखि नै भारी बर्षा, नदी आसपासको बस्तीमा सतर्क रहन प्रशासनको आग्रह

नवलपुरमा रातिदेखि नै भारी बर्षा, नदी आसपासको बस्तीमा सतर्क रहन प्रशासनको आग्रह

नवलपुरमा रातिदेखि नै भारी बर्षा, नदी आसपासको बस्तीमा सतर्क रहन प्रशासनको आग्रह
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ २३ २०८१
शनिवार, आषाढ २३ २०८१
  •  रामकुमार श्रेष्ठ /नवलपुर । नवलपुरमा विगत ५ दिनदेखि लगातार पानी परिरहेको छ भने गएरातिदेखि भारी बर्षा भएको छ । नवलपुरमा पछिल्लो २४ घण्टामा १०१ दशमलब ८ मिलिमिटर पानी परेको छ भने पछिल्लो पछिल्लो १ घण्टामा २५ दशमलब ४ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागाको तथ्यांकमा उल्लेख गरिएको छ ।

    नवलपुरमा रातिदेखि भारी बर्षा भएसँगै नवलपुरका कावासोतीको केरुङ्गे खोला, लोकाहा खोला, डण्डाको पत्थर खोला, गिरुवारी खोला, दलदलेको बौलाहा खोलाका साथै नारायणी नदीमा पानीको बहाब बढ्न थालेको छ । अहिलेसम्म जोखिम तह भन्दा तलै नदी तथा खोलामा पानीको सतह भए पनि यहाँ निरन्तर अहिलेकै अवस्थामा भारी बर्षा भईरहे नारायणी नदी लगायत खोलाहरुको सतह बढ्न गई बाढीको जोखिम रहेको जनाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार यो समाचार तयार पार्दासम्म नवलपुरमा अहिलेसम्म कुनै बाढी पहिरोका घटनाहरु भएको जानकारीमा आएको छैन । यसैबीच नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले नवलपुर पनि अहिलेको सक्रिय मनसुनमा उच्च जोखिममा परेको जिल्ला भएकोले सबैलाई सतर्क रहन आग्रह गरिएको बताए ।

    उनका अनुसार विपद व्यवस्थापन समितिको वैठक केही दिन अघि बसी पालिका, रेडक्रस, प्रहरी लगायतका सुरक्षा निकायहरुलाई उच्च सर्तकताका साथ राखिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले नवलपुरमा बाढीको जोखिम रहेको भन्दै नदी तथा खोला आसपासका बस्ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij