२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

राप्तीमा पानीको सतह बढेपछि उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ २३ २०८१
शनिवार, आषाढ २३ २०८१
  • बुटवल । राप्ती नदीमा पानीको सतह लगातार बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । शनिबार दिउँसो १ बजे नै पानीको सतह ७ मिटर पार गरेकाले बाढीको खतरा बढेको जनाइएको छ । जिल्लामा दुई दिनयता निरन्तर पानी परिरहेको छ ।

    जिल्ला प्रशासन कार्यालय बाँकेले कुसुम जलमापन केन्द्रमा १ बजेर ५ मिनेट जाँदा पानीको सतह ७ मिटर खतरा नजिक पुगेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको हो ।

    कुसुममा मापन भएको जल सतह बाढीग्रस्त मानिने होलिया, बेतहनी, नरैनापुर आइपुग्न ४–५ घण्टा लाग्ने गर्छ । प्रशासनले बाढी आउनुअघि नै तटीय क्षेत्रका बासिन्दालाई सचेत गराएको छ । दाउराको लोभमा नदीमा नजान प्रशासनले आग्रह गरेको छ ।

    राप्ती नदीले धार परिवर्तन गरेपछि नदीमा ८ मिटर पानीको सतह पुगेपछि बल्ल बाढी पस्ने स्थानीयले बताएका छन् । नदीमा जल सतह बढिरहँदा जिल्ला विपद व्यवस्थापन समितिले सुरक्षाकर्मी तयारी अवस्थामा राखेको जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij