शनिवार आयोजित कार्यक्रममा कलाकारहरू कालिप्रसाद बाँस्कोटा, तुष्णा गुरुङ एन्ड कोल्याब, राजनराज शिवाकोटा, अफस्र अली, सम्झना रणपाललगायतले प्रस्तुति दिए । सोही कार्यक्रममा कुटुम्व ब्यान्डको समेत प्रस्तुति थियो ।
नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन युसएडले शुक्रवारदेखि लुम्बिनी प्रदेशका विभिन्न स्थानमा एसएड यात्रा सुरु गरेको छ ।
यात्रामा सांस्कृतिक कार्यक्रमको अलवा पेन्टिङलगायत विभिन्न खेलकुद प्रतियोगिता हुने गरेका छन् भने युसएडले नेपालमा गरिरहेको सहयोगबारे पनि जानकारी दिने गरिएको छ ।
युसएड्ले लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण तथा उत्थानशीलता, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रहरूमा राष्ट्रिय र स्थानीय स्तरका २० भन्दा बढी सक्रिय परियोजनाहरू सञ्चालन गरिरहेको छ ।
युएसएड यात्राको पहिलो कार्यक्रम कपिलवस्तु, वाणगंगाको शिवपुरबाट सुरु गरिएको थियो भने बुटवलपछि लमही, कोहलपुर तथा नेपालगन्ज हुँदै काठमाडौंमा पुगेर समापन हुनेछ ।




