बुटवल । रोटरी क्लब अफ तिनाउ बुटवलकोवर्ष २०२४/२५ का अध्यक्ष रमिला शर्मा चयन भएकि छन् । शनिवार सम्पन्न आठौं पद हस्तान्तरण कार्यक्रममा २०२३/०२४ का अध्यक्ष अमृता भुसालले वर्ष २०२४/२५ का अध्यक्ष रमिला शर्मालाई पद हस्तान्तरण गरेकी हुन् ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका रोटरी वर्ष २०२४/२५ डिष्ट्रिक गभर्नर राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शेरचनले अध्यक्ष शर्मालाई पद तथा गोपनियताकोे सपथ गराएका थिए ।
कार्यक्रममा बोल्दै गभर्नर शेरचनले महिलाहरु मात्रै आवद्धरहेको क्लबले रोटरीको अभियानमा उत्कृष्ट काम गरेको थाहा पाउँदा खुशी लागेको बताउदै निरन्तर सामाजिक काममा सक्रिय भएर लाग्न नयाँ नेतृत्वलाई शुभकामना दिए ।वर्ष २०२४ /२५ को रोटरी थिम द म्याजिक अफ रोटरी रहेको छ ।
क्लबका जि एस आर एजाज आलमले रोटरी क्लव तिनाउ बुटवलले गरेका उत्कृष्ट कार्यको अन्य कलबले पनि अनुसरण गर्न आवश्यक रहेको बताए। स्थापनाको छोटो समयमै रोटरीक्लबहरुको बीचमा छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै अर्वाडका लागि भन्दा पनि समाजका लागि सकारात्मक प्रभाव पार्ने खालका कार्यक्रम गर्न आग्रह गरे ।
कार्यक्रममा क्लबका वर्ष २०२४/२५ का जोन ३३ एवं क्लबका एसिस्टेन्ट गर्भनर हिमाल गैरे, क्लबका संस्थापक अध्यक्ष देवि वाग्ले, कार्यक्रममा वर्ष २०२३/२४ का अध्यक्ष अमृता भुसाल लगायतले बाेलेका थिए ।
वर्ष २०२४/२५ का अध्यक्ष रमिला शर्माले क्लबले अगाडी सारेका कामहरुलाई निरन्तरता दिदै डिष्ट्रिकको अवधारण अनुसार क्लबको गरिमालाई उचो बनाउने खालका कार्यक्रमहरु आफ्नो कार्यकालमा सम्पन्न गर्ने बताए । यसबर्षपनि विपन्न तथा गरिब परिवारका छोरीहरुलाई छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति, सीपमुलक तालिम प्रदान लगायतका कामहरुलाई निरन्तरता दिने बताए ।
क्लबलाई यहाँसम्म ल्याउन पुर्वअध्यक्षहरुको भुमिका महत्वपुर्ण भएको बताउदै शर्माले संस्थापक अध्यक्ष देवि वाग्ले,पुर्व अध्यक्षहरु जमुना पौडेल, भगवती पाण्डे, ज्ञानधरा पन्थ, प्रतिमा भट्टराई, कल्पना तिवारीलाई सम्मानपत्रले सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा क्लबका पुर्व अध्यक्ष प्रतिमा भट्टराई, प्रसिडेन्ट इलेक्ट उमा आचार्य,प्रेसिडेन्ट नोमिनी माया भट्टराई ,सचिव सपना कार्की ,पब्लिक इमेज चेयर अनुपमा श्रेष्ठ, रोटर्याक्ट क्लब अफ तिनाउ बुटवलका अध्यक्ष बसुन्धरा शर्मा लगायतले बोलेका थिए ।
कार्यक्रममा फस्ट लेडी सरोजनी शेरचन, क्लबका अध्यक्ष रमिला शर्माका स्पाउस राजकुमार पराजुली , पिडीजि संजय गिरी, पिडीजि जितेन्द्र बहादुर राज भण्डारी , क्लबका वर्ष २०२३/२४ का जोन ३३ एवं क्लबका एसिस्टेन्ट गर्भनर यादव भण्डारी, मातृक्लबका अध्यक्ष बिभिन्न क्लबका अध्यक्षहरु,रोटरी लिडरहरुको उलेख्य रुपमा सहभागिता रहेको थियो ।
त्यस्तै क्लवको वर्ष २०२४/२५ अन्र्तगतको नयाँ नेतृत्वमा आई पिपिमा अमृता भुसाल, प्रसीडेन्ट इलेक्ट उमा आचार्य, प्रसीडेन्ट नोमिनी माया भट्टराई ,भाईस प्रसीडेन्ट फस्ट समा प्रभिन,भाईस प्रसीडेन्ट सेकेण्ड अनिता भुसाल,सेके्रटरीमा सपना कार्की, टेजरर रमा थापा क्षेत्री, जोइन सेके्रटरी सविता निरौला, जोईन टेजरर लक्ष्मी घिमिरे, एडमिन्स्ट्रेटिभ चेयरमा कृष्णमाया कार्की,सर्भिस प्रोजेक्ट चेयरमा मिना भुसाल पाठक,मेम्बरसीप चेयरमा शारदा तिवारी,पब्लिक इमेज चेयरमा अनुपमा श्रेष्ठ, टिआरएफ चेयरमा अन्जना पाण्डे,सर्जेन्ट एट आम्स फस्ट बिनिता खनाल,सर्जेन्ट आम्स सेकेन्ड रन्जु चापागाई ,इडिटरमा सरस्वती पन्थी भुसाल, र मेन्टरमा अरुणा धिताल रहनुभएको नवनिर्वाचित अध्यक्ष शर्माले जानकारी दिए। नवनिर्वाचत टिमले एकबर्षको नेतृत्व गर्नेछ ।




