बुटवल । सत्यवति हँसरा गुल्मी रुपन्देही सम्पर्क समाजको चौँथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट माधव भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
समाजका अध्यक्ष जिवनाथ भण्डारीको अध्यक्षतामा बुटवलमा भएको अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा बालकृष्ण भण्डारी, उपाध्यक्षमा पार्वती भण्डारी, सचिव रवि ज्ञवाली, कोषाध्यक्षमा कमल ढकाल र सहसचिव बालकृष्ण भण्डारी निर्वाचित रहेका छन् ।
यस्तै सदस्यहरुमा गणेश ज्ञवाली, सिता भण्डारी, घनश्याम बिक, पिताम्बर भण्डारी, सरोज ज्ञवाली सर्वसम्मत चयन भएका छन् ।
अधिवेसनमा संस्थापक अध्यक्ष बिष्णु भण्डारी, निवर्तमा अध्यक्ष नारायाणप्रसाद ज्ञवाली, पार्वती भण्डारी लगायतले बोलेका थिए ।




