२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

बुटवलमा परियार सेवा समाजको प्रथम प्रदेशस्तरीय भेला

बुटवलमा परियार सेवा समाजको प्रथम प्रदेशस्तरीय भेला

बुटवलमा परियार सेवा समाजको प्रथम प्रदेशस्तरीय भेला

बुटवलमा परियार सेवा समाजको प्रथम प्रदेशस्तरीय भेला

बुटवलमा परियार सेवा समाजको प्रथम प्रदेशस्तरीय भेला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ २४ २०८१
आइतवार, आषाढ २४ २०८१
  • बुटवल । ‘देशभरका परियारहरु एकजुट हौं’ भन्ने उद्देश्यले स्थापित संस्था परियार सेवा समाज  लुम्बिनी प्रदेशको प्रथम भेला  बुटवलमा सम्पन्न भएको छ । परियार सेवा समाजको पाचौं राष्ट्रिय सम्मेल सम्पन्न गर्नका लागि लुम्बिनी प्रदेशस्तरीय भेला  आयोजना गरिएको हो ।

    समाजका लुम्बिनी प्रदेश संयोजक कृष्ण रणपालको अध्यक्षतामा भएको कार्यक्रममा परियार सेवा समाजका निवर्तमान केन्द्रीय महासचिव तथा प्रचारप्रसार उपसमिति संयोजक धर्म परियारको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि धर्म परियारले परियार समुदायका बन्धुहरुको हकहित, एकता र उत्थानको लागि देशभरका परियारहरु एकजुट भएर लाग्नुपर्ने बताए । २१ औं शताब्दीमा पनि सीप र  कलाले धनी परियारहरु राज्यका हरेक निकायमा अवसरबाट बञ्जित हुन परेको बताउँदै त्यसका लागि परियार समाजको आवश्यकता रहेको बताए ।

    बुटवलमा भएको प्रथम लुम्बिनी स्तरीय भेलाले प्रदेश संयोजक कृष्ण रणपालको संयोजकत्वमा २७ सदस्यीय टिम चयन भएको छ । उक्त भेलाले यही साउनको १५ गतेभित्र सबै जिल्ला र प्रदेशमा अधिवेशन सम्पन्न गर्ने र भदौको १४ र १५  गते काठमाडौंमा भव्य समारोहका बीच समाजको  पाचौं राष्ट्रिय सम्मेलन सम्पन्न हुनेछ ।

    कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष तथा परियार समाजका लुम्बिनी प्रदेशका अभिभावक  रामकुमार रणपाल, कृष्ण घेले, जंग बुढापृथी, सरोज गौतम, सुवास परियार, सुवर्ण परियार, रामु परियार, लिला बागदास, राजु वराह र अरुणा  कोईरालाले बोल्दै परियार जातीको हकहित, उत्थान, संस्थागत एकता तथा  पेशागत संरक्षणका लागि देशभरका परियारहरु एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij