भैरहवा । कुवेत पठाईदिने प्रलोभनमा पारी भारतीय भुमिमा पुरयाईएका ६ जना नेपाली चेलीको सकुशल उद्धार गरी परिवारको जिम्मा लगाईएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आफन्तलाई बोलाएर उद्धार गरिएका महिलाहरुलाई जिम्मा लगाइएको हो ।
नेपाल भारत सिमा नजिकै भारतीय एक पसलमा नेपाली चेलीहरुलाई कहां कसरी पुरयाउने दलालले प्रपञ्च मिलाउदै गर्दा भारतीय प्रहरी एसएसबीको समन्वयमा शसस्त्र सिमा सुरक्षा कार्यालय भैरहवाको टोलीले असार १८ गते उद्धार गरी माईती नेपालको संररक्षमा राखिएका उनीहरुलाई परामर्शपछि आफन्तको जिम्मा लगाईको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौर, सशस्त्र प्रहरी बल नम्बर २७ गण, रुपन्देही प्रमुख एसपी आनन्द थापा लगायतको उपस्थितमा उद्धार गरिएका महिलालाई ४ दिनसम्म माइती नेपालको आश्रयमा राखेपछि परिवारका सदस्य बोलाएर शुक्रबार आफन्तको जिल्ला लगाइएको छ ।
उनीहरुलाई परिवारको जिम्मा लगाउंदै वैदेशिक रोजगारीमा जानु अघिका सबै प्रक्रियाका बारेमा जानकारी दिनु पर्ने, आफु कुन देश जांदैछु, के कामका लागि जादैछु भन्ने कुरा बुझेर मात्र निणर्य लिनुपर्ने प्रजिअ अर्यालले सुझाव दिए । खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिलाहरुको जीवन जोखिममा पर्न सक्नेतर्फ प्रजिअ अर्यालेले परामर्श दिए । मानव वेचविखनका घटना न्युनिकरण र दोषीलाई कानुनी दायरामा ल्याउन पीडितहरुको प्रतिवद्धता अनिवार्य हुने प्रजिअ अर्यालले बताए ।
खाडि मुलुकमा भिजिट भिसामा महिलाहरुलाई लैजाने र घरेलु कामदारका रुपमा उनीहरुलाई वेचिदिने जोखिम बढेपछि नेपाल सरकारले यसमा रोक लगाएको छ ।
यसैको फाईदा उठाउंदै वैदेशिक रोजगारका दलालहरुले नेपाली महिलाहरुलाई भारतको बाटो हुदै अवैध रुपमा खाडि मुलुकसम्म पुरयाउने गरेका छन् । भारतबाट उद्धार गरिएका महिलाहरुमा २२ देखि ३७ वर्ष उमेर समूहका ६ जना छन् । उनीहरुलाई असार १८ गते नेपाल-भारत सीमा क्षेत्रस्थित भारतको सिद्धार्थनगर झिगरीग्राम पञ्चायतबाट उद्धार गरिएको थियो । दलालले कुवेत पठाउँछु भनेर ती महिलाहरुलाई लामो समय काठमाडौंमा राखेर त्यसपछि रुपन्देही ल्याएर यहाँबाट भारत पुर्याएका थिए ।
उद्धार गरिएका उनीहरुलाई पनि कुवेतमा मासिक ४० हजार तलब दिलाईदिने आशा देखाएर घरको काम लगाईदिने भन्दै दलालले काठमाडौका होटलमा एक महनादेखि राखेर नवलपरासी हुदै भारत पुरयाएको थियो । यसरी सिमाबाट नेपाली चेलीलाई अवैध बाटो हुदै लैजाने यो पहिलो घटना भने होईन् । नेपाली महिला तथा बालबालिका यसको उच्च जोखिममा छन् भन्ने जसलाई प्रहरीको तथ्यांकले पनि पुष्टी गर्छ । माइती नेपाल आवधिक गृह, भैरहवा प्रमुख माया क्षेत्रीले बैदेशिक रोजगारीका नाममा केही समय अगाडि काठमाडौ गोङ्गबुस्थित एक घरमा राखेर भारतको बाटो हुँदै महिलाहरुलाई लैजान लागेको बुझिन आएको बताइन् । उनले ‘घटना प्रकृति हेर्दा बेचविखनका लागि लगिँदै गरेको देखिन्छ ।’
उद्धार गरिएका उनीहरु वैदेशिक रोजगारीका विषयमा अनविज्ञ रहेकोले उचित परामर्श र संरक्षण प्रदान गरिएको क्षेत्रीले भनिन । महिला सेलको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०।०८१ म मात्र नेपाल भारत सिमानाकाबाट ११९ जनाको यसअघिनै उद्धार गरिएको छ भने भारतका विभिन्न स्थानबाट ३० जनाको उद्धार गरिएको छ । जसमा महिला तथा बालबालिकाको संख्या बढी छ ।
रुपन्देही, रोल्पा, कपिलवस्तु पर्वत लगायतका जिल्लाका ६ जना महिलाहरुलाई दलालले काठमाडौका होटलमा केही समय राखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म पुरयाएर फर्काएको उद्धार गरीएका ति महिलाहरुले बताएका छन् ।
“काठमाडौं एयरपोर्टबाट फर्काएपछि तिमीहरुको भिसा भारतमा आउंछ उतैबाट जाने भन्दै भुमही नवलपरासी हुदै भारत पुरायो । ” उद्धार गरिएकी रुपन्देहीकी विनिता (नाम परिवतर्न) ले भनिन् ।वैदेशिक रोजगारीको नाममा भारतीय अवैध बाटो हुदै नेपाली चेलीहरुलाई खाडीका विभिन्न मुलुकमा पुरयाउने प्रचलनलाई निमुर्ल पार्नका लागि रुपन्देही प्रहरी सक्रिय रुपमा लागेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रंजित सिंह राठौरले बताए । यस घटनाका विषयमा थप अनुसन्धान भईरहेकोले घटनामा सम्लग्न व्यतिm छिटै पक्राउ पर्ने एसपि राठौरले भने ।
घटना मानव वेचविख व्युरो काठमाडौंमा जानकारी गराउने र दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धता जनाए । महिलाहरुले आफूहरुलाई यहाँसम्म ल्याउने दलालबारे जानकारी गराएकाले तत्काल नाम गोप्य राखेर अनुसन्धान गरिरहेको जानकारी दिए । ‘प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको छ । बैदेशिक रोजगारीको नाममा महिलाहरुलाई अवैध बाटोबाट भारत पुर्याउने व्यक्ति तथा म्यानपावर जोसुकै भए पनि कारबाही हुन्छ’, उनले भने ।
क्रसबोर्डर सुरक्षा मिटिङ्गहरुमा मानव तस्करी न्युनिकरणका विषयमा शुक्ष्म तरिकाले छलफल हुने शसस्त्र सिमा सुरक्षा बल २७ नम्बर गणका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक आनन्द थापाले जानकारी दिए । आम पुलिस फोर्स सिमामा हुनसक्के मानव तस्करीका घटनामा धरै सम्वेदनशिल छ , शंका लागेको खण्डमा जहां जतिवेलापनि हामी सोधपुछ गर्छौ शसस्त्र प्रहरी उपरिक्षक थापाले भने ।
उद्धार गरिएकी रुपन्देहीकी विनिता( नाम परिवर्तन) लाई महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था आषिस सामाजिक सेवा नेपालले निशुल्क ६ महिने सिलाई कटाई तालिम दिने र आत्मनिर्भरका लागि जागिर समेत मिलाईदिने सेवा नेपालका लुम्बिनी प्रदेश संयोजक विजया खत्रीले प्रतिवद्धता जनाईन् । यस्तै अन्यलाई रुपन्देहीका संघसंस्थाले आत्मनिर्भरको लागि रोजगारीको पहल गरिदिने आश्वसन दिएका छन् ।
सशस्त्रले भारतीय सुरक्षा बलको सहयोगमा रुपन्देहीको देवदह, दाङको घोराही, राप्ती, चितवनको खैरहनी, सिन्धुलीको दुधौली र सल्यान कपुरकोटमी महिलालाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो ।




