२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

बाढीपहिरोको वितण्डा : दुई दिनमा पन्ध्र जनाको मृत्यु

बाढीपहिरोको वितण्डा : दुई दिनमा पन्ध्र जनाको मृत्यु

बाढीपहिरोको वितण्डा : दुई दिनमा पन्ध्र जनाको मृत्यु

बाढीपहिरोको वितण्डा : दुई दिनमा पन्ध्र जनाको मृत्यु

बाढीपहिरोको वितण्डा  : दुई दिनमा पन्ध्र जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ २५ २०८१
सोमवार, आषाढ २५ २०८१
  • काठमाडौँ। अविरल वर्षाका कारण देशको पूर्वदेखि सुदूरपश्चिम भेगसम्म बाढीपहिरो र डुबानले जनजीवन अत्यधिक प्रभावित बनेको छ । लगातारको वर्षाले मध्यपहाडी भेगमा पहिरोले ठुलो जनधनको क्षति गरेको छ । त्यस्तै वर्षापछिको बाढीले पनि मानिसको ज्यान लिएको छ । 

    बाढीपहिरोमा परी आइतबार थप छ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै शनिबार र आइतबार गरेर १५ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता ज्ञानबहादुर कार्कीले जानकारी दिए । बाढीपहिरोमा परेर थप दुई जना अझै बेपत्ता छन् । अन्य १८ जना घाइते भएका छन् । दुई दिनमा पहिराले मात्र नौ जनाको ज्यान लिएको छ । अन्य छ जना बाढीले बगाएर ज्यान गएको कार्कीले बताए । 

    दुई दिनको विपत्मा भएको जिउधनको क्षति जोड्दा मनसुन अवधिमा ज्यान जानेको सङ्ख्या ७३ पुगेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । बाढीपहिरोले मात्र ४३ जना र चट्याङले १९ जनाको ज्यान लिएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिनुभयो । अन्य सर्पदंश, जनावर आव्रmमण र आगलागीले ज्यान लिएको तथ्याङ्कसमेत गरी ७३ पुगेको हो । 

    यस अवधिमा अन्य १३५ जना घाइते भएका छन् भने पाँच जना बेपत्ता छन् । यस अवधिमा अनुमानित २३ करोड रुपियाँभन्दा बढीको आर्थिक क्षति भइसकेको छ । एक हजार ४४८ घरपरिवार प्रत्यक्ष प्रभावित बन्न पुगेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij