२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा एम्नेष्टीको उल्लेखनीय योगदान

मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा एम्नेष्टीको उल्लेखनीय योगदान

मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा एम्नेष्टीको उल्लेखनीय योगदान

मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा एम्नेष्टीको उल्लेखनीय योगदान

मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा एम्नेष्टीको उल्लेखनीय योगदान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ २५ २०८१
सोमवार, आषाढ २५ २०८१
  • बुटवल । एम्नेष्टी इन्टरनेशनल नेपाल समुह १२ बुटवलको ३५ औं साधारण सभा सम्पन्न भएको छ । मावनअधिकारको क्षेत्रमा कार्यरत एम्नेष्टी इन्टरनेशनल नेपाल समुह १२ बुटवलको शनिबार बुटवलमा साधारण सभा सम्पन्न भएको हो ।


    साधारण सभाले एम्नेष्टी इन्टरनेशनल नेपालको संशोधित विधान अनुसार साधारण सभाबाट चयन गर्नुपर्ने दुई जना क्षेत्रीय प्रतिनीधि पनि चयन गरिएको छ । साधारण सभाले क्षेत्रीय प्रतिनीधिमा समुहका संयोजक कविन्द्र नेपाल र समुहकी सचिव सपना रेग्मी लम्साललाई चयन गरेको हो ।


    साधारण सभामा बोल्दै समुहका सल्लाहकार तथा पूर्व संयोजक शालिकराम वञ्जाडेले एम्नेष्टीले मानव अधिकारको रक्षा, प्रवद्र्धन र मानवअधिकार शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै नेपालको सन्दर्भमा द्वन्द्वको समयमा यो संस्थाले धेरै काम गरेको स्मरण गरे ।  यसले विश्व समुदायसंग सहकार्य गरेर काम गर्ने भएकाले स्थानीय स्तरमा झ्याप्प नदेखिएपनि यो संस्थाको भूमिका र उपलब्धि समेत उल्लेखनीय रहेको भनाई राखे । 

    कार्यक्रममा संस्थाका संयोजक कविन्द्र नेपालले संस्थाले वर्षभरीमा गरेका गतिविधिको बारेमा जानकारी गराउँदै मानव अधिकारको संरक्षणका लागि गरेका प्रयासहरु सार्थक भईरहेको बताए । उनले अहिले पनि मानवअधिकार उल्लंघनका घटनाहरु भईरहेको बताउँदै थुनामा रहेका बन्दीहरुको मृत्युका विषयमा व्यापक प्रश्न उठेको बताए ।

    मानव अधिकारको सवालमा सरकारलाई जिम्मेवार र कर्तव्य बोध गराउनको लागि एम्नेष्टीले दवाव सिर्जना गरिरहेको नेपालले बताए ।कार्यक्रम संस्थाकी सचिव सपना रेग्मी लम्सालको सञ्चालनमा भएको थियो ।


    त्यस्तैगरी एम्नेष्टी इन्टरनेशनल नेपाल बुटवल महिला समुह–३७ को पनि सातौं साधारण सभा गरिएको छ । साधारण सभामा संस्थाकी संयोजक समा श्रेष्ठले संस्थाले गरेका गतिविधिको बारेमा जानकारी गराए ।

    यो समुहले पनि दुई जना क्षेत्रीय प्रतिनीधि चयन गरेको छ । साधारण सभाले समुहकी संयोजक समा श्रेष्ठ र सहसंयोजक अमृता रोकालाई क्षेत्रीय प्रतिनीधि चयन गरेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij