२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

मनसुन भित्रिए यता गण्डकीमा २१ जनाकाे मृत्यु्

मनसुन भित्रिए यता गण्डकीमा २१ जनाकाे मृत्यु्

मनसुन भित्रिए यता गण्डकीमा २१ जनाकाे मृत्यु्

मनसुन भित्रिए यता गण्डकीमा २१ जनाकाे मृत्यु्

मनसुन भित्रिए यता गण्डकीमा २१ जनाकाे मृत्यु्
फाइल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ २५ २०८१
सोमवार, आषाढ २५ २०८१
  • पाेखरा ।  बर्खा सुरु भएपछि आइतबारसम्म गण्डकीमा २१ जनाले ज्यान गुमाएका छन् । बर्खासँगै सुरु भएको विपद्का कारण असार महिनामा मात्र २१ जनाले ज्यान गुमाउँदा १९ जना घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

    तनहुँको शुक्लागण्डकी नगरपालिका ७ काउरेमा ठूलो मानवीय क्षति भएको छ । प्रहरीका अनुसार पहिराले ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाको शव फेला परेको छ । 

    यसअघि शनिबार राति नै ४० वर्षीया हीरा नेपालीको शव फेला परेको थियो । पहिरामा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् । 

    घाइतेको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

    स्याङ्जामा पहिरोमा परेर २ ठाउँमा गरी ४ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो बिरुवा गाउँपालिका ६ लामाखेतमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको थियो । 

    मृत्यु हुनेमा ७१ वर्षीय माधव शर्मा, उनकी श्रीमती ६५ वर्षीय गुहेश्वरी शर्मा मरासिनी र छिमेकी ६७ वर्षीय हरिमाया शर्मा छन् । स्याङ्जाको भीरकोट नगरपालिका ५ स्वरेक जिमिरेमा घरमाथिबाट खसेको पहिरोले एकजना वृद्धाको मृत्यु भएको छ । 

    सडकमाथिबाट खसेको पहिरोमा पुरिएर ७५ वर्षीय खिनाकुमारी मल्लको मृत्यु भएको हो । उनकी बुहारी भने भागेर ज्यान जोगाउन सफल भएकी छन् ।

    पर्वतको फलेवास नगरपालिका वडा नम्बर १ कार्कीनेटाको टिमुरबोटका कुलप्रसाद पाध्याको घर माथिबाट आएको पहिरोले गोठ पुरिँदा स्थानीय ४० वर्षीय झलकप्रसाद शर्मा र स्याङ्जाको आँधीखोला ३ निवासी ३३ वर्षीय तुलसीप्रसाद शर्माको मृत्यु भएको छ । 

    घरमाथिबाट पहिरो झर्न थालेपछि गोठमा भैंसी, बाख्रा बचाउन गएका उनीहरुको मृत्यु भएको हो । उक्त घटनामा पाध्याका घरमा पालेका २ भैंसी, १ पाडो र ४ बाख्रा पनि मरेका छन् ।

    अविरल वर्षाअघि असार १२ गते लमजुङको क्व्होलासोथार गाउँपालिका ३ बगुमका ४ जनाको पहिरोबाट ज्यान गएको थियो । ज्यान गुमाउनेमा ६७ वर्षीय रुद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, ८ महिनाकी ईच्छा गुरुङ, ५ महिनाकी निश्मा गुरुङ छन् ।

    असार १२ गते नै लमजुङको दोर्दी गाउँपालिका धैरेनीमा १४ वर्षीय बालकको पहिरोमा परेर ज्यान गएको थियो । सोही दिन कास्कीको मादी गाउँपालिका चितेपानीकी १३ वर्षी आयुश्मा रानाभाट र पोखरा २७ आरुपाटका ३ वर्षीय नाबालक अनमोल सुनारको पहिरोमा परेर मृत्यु भएको थियो ।

    त्यस रात नवलपुर काबासेती १४ अग्यौलीका ४६ वर्षीय महिलाको चट्याङबाट मृत्यु भएको थियो । असार १४ गते स्याङ्जाको फेदीखोजा ५ बाँगेकी ३१ वर्षीय दुर्गा जिटी र ३ वर्षीय बालक निसिका जिटीको मृत्यु भएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij