बुटवल । बुधबार बिहानैदेखि परेको कुसलधारे वर्षाले बुटवल सहितका क्षेत्रको जनजीवन प्रभावित बनेको छ।
स्कुल क्याम्पस जाने विद्यार्थी तथा अन्य कार्यको लागि निस्केकाहरु समेत गन्तव्यमा पूग्न सकेका छैनन।
पानीको बहाब बढ्दै जादा यातायात क्षेत्र समेत प्रभावित भएको छ। इरिक्साहरु अत्यन्तै न्यून मात्रामा चलिरहेका छन भने निजि तथा सार्वजनिक यातायातका साधन न्यून मात्रमा फाट्टफुट्ट चलेका छन। मंगलबार दिनभर घाम लागेपनि बुधबार बिहानैदेखि मुसलधारे वर्षा भईरहेको छ।




