रोल्पा ।रोल्पामा ट्रक दुर्घटना हुंदा चालकको मृत्यु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा तरकारी लिनका लागि गएको रा१ख २१३१ नम्बर मिनीट्रक मंगलबार राति साढे ११ बजे दुर्घटना हुंदा रुन्टीगढी ६ निगालपानीका अन्दाजी ३२ वर्षीय महेश थापाको मृत्यु भएको हो ।
इप्रका होलेरीका इञ्चार्ज देवीप्रसाद गैरेका अनुसार रातिको समय भएको हुँदा के कति कारणले गाडी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुल्न आएको छैन । मृतकको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी राखिएको छ ।
मिनीट्रक सडकदेखि ५०्६० मिटर तल भिरमा अड्किएको र गाडी पूर्णरुपमा क्षति भएको इञ्चार्ज गैरेले बताए । दुर्घटनामा परी ८ वर्षीय बालक सुजन रावत सामान्य घाइते भएका छन् ।




