२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

गुल्मीमा ड्याम्म बगाउँदा बिद्धुत आपूर्ति बन्द, १३ हजार उपभोक्ता अध्यारोमा बस्न बाध्य

गुल्मीमा ड्याम्म बगाउँदा बिद्धुत आपूर्ति बन्द, १३ हजार उपभोक्ता अध्यारोमा बस्न बाध्य

गुल्मीमा ड्याम्म बगाउँदा बिद्धुत आपूर्ति बन्द, १३ हजार उपभोक्ता अध्यारोमा बस्न बाध्य

गुल्मीमा ड्याम्म बगाउँदा बिद्धुत आपूर्ति बन्द, १३ हजार उपभोक्ता अध्यारोमा बस्न बाध्य

गुल्मीमा ड्याम्म बगाउँदा बिद्धुत आपूर्ति बन्द, १३ हजार उपभोक्ता अध्यारोमा बस्न बाध्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २८ २०८१
बिहिवार, आषाढ २८ २०८१
  • बुटवल  । गुल्मीको मुसिकोट नगरपालिकास्थित परोपकार बहुउद्देश्यीय सहकारी संस्थाले उत्पादन गरिरहेको दरमखोला लघु जलविद्युतको मुहान ड्याम् सहित खोलाले बगाउँदा १३ हजार विद्युत उपभोक्ता प्रभावित भएका छन् ।

    झन्डै १०० मिटर कुलो बगाएपछि विद्युत उत्पादन बन्दभएपछि २५ सय घरधुरीका करिब १३ हजार उपभोक्ताहरु अध्यारोमा बस्न बाध्य छन् ।

    खोलाले धार परिवर्तन गरि ड्यामको कम्जोर भागबाट मुलधार बगेकोले तत्काल मुहान निर्माण गरि विद्युत उत्पादन गर्न नसकिने र पानीको बहाव कम भए लगत्तै भदौपछि ड्याम् निर्माण गरिने अध्यक्ष अर्जुन ठकुरीले बताए ।

    अध्यक्ष ठकुरीले खोलाको बहावको कारण तत्काल कुलोमा पानी सन्चालन गर्न नसकेकोमा उपभोक्ताहरुसंग क्षमायाचना माग्दै हिउँद लागेर  पुर्ण ड्याम् निर्माण नगरेसम्म विद्युत उत्पादन गर्न नसकिने बताए । 

    खोलाले सधै वार्षिक रूपमा कुलोमा नोक्सान पुर्याउने गरेको घाटा पुरा नहुदै अहिले सबैभन्दा ठुलो क्षति पुर्याएको सहकारीको भनाई छ । 

    १ हजार ८८५ सेयर सदस्य रहेको परोपकार बहुउद्देश्यीय सहकारी वामीले १८५ किलोवाट विद्युत उत्पादन गर्दै आएको छ । उत्पादित विद्युत करिब २५ सय घरधुरीलाई वितरण गर्दै आएको पुर्व सहकारी व्यवस्थापक चन्द्रबहादुर घर्तीले जानकारी दिए ।

    उत्पादित विद्युत बाग्लुङ रिघा फेदी गुल्मी मुसिकोट १, २, ३ र ७  नम्बर वडामा वितरण गरिएको छ । विद्युत उपभोक्ताबाट संकलन बन्द हुने र पुर्ण मुहान निर्माण गर्दा गरि करिब  ५० लाख माथि सहकारीलाई ऋण लाग्ने सहकारीको विद्युत व्यवस्थापन समिति अनुमान छ ।

    विद्युत उपभोक्ताले सहकारीको पहलमा आफूहरूलाई बैकल्पिक व्यवस्था गरिदिनुपर्ने र त्यसको लागि सहकारी सहित सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताउँदै आएका छन् ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij