२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

कास्कीमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित ११ जनाको मृत्यु

कास्कीमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित ११ जनाको मृत्यु

कास्कीमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित ११ जनाको मृत्यु

कास्कीमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित ११ जनाको मृत्यु

कास्कीमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित ११ जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ २९ २०८१
शुक्रवार, आषाढ २९ २०८१
  • पोखरा । कास्कीमा गएराति परेको अविरल वर्षाले खसेको पहिरोमा पुरिएर एकै परिवारका सातसहित ११ जनाको मृत्यु भएको छ । तीन फरक ठाउँमा पहिरोमा पुरिएर भएका घटनामा ११ जनाले ज्यान गुमाएका हुन् । 

    पोखरा महानगरपालिका-१९ मा सात जना, पोखरा-३२ मा तीन जना र मादी गाउँपालिका-११ मा एक जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । 

    पोखरा-१९ को घटनामा परेर ४७ वर्षीय कुलबहादुर परियार, श्रीमती ४३ वर्षीया मनकुमारी परियार, ८५ वर्षीया आमा लक्षिमा परियार, २० वर्षीया प्रभा परियार, छोरी १५ वर्षीय प्रशना परियार (विवाहित) र ज्वाइँ २५ वर्षीय अस्मित परियार र ५६ वर्षीय राधिका परियारको मृत्यु भएको हो । 

    घटनामा राधिकाका छोरा ४० वर्षीय कुमार परियार र कुलबहादुरका छोरा १७ वर्षीय पवन परियार घाइते भएका छन् । उनीहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । 

    त्यस्तै, पोखरा-३२ चैनपुर बाह्रबिसेमा ४० वर्षीय आरती ओझाको घर भत्किँदा ३ जनाको मृत्यु भएको छ । उनका छोरीहरु १८ वर्षीय अनिता, ११ वर्षीय अनुष्का ओझा र आरतीका दाइका छोरा ९ वर्षीय प्रतिक सुवेदीले ज्यान गुमाए । आरतीको भने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ । 

    मादी-११ तल्लो ताप्लेमा भएको घटनामा ८० वर्षीय माइतीकुमारी गुरुङको मृत्युु भएको छ । घरमा छोरासहित बस्दै आएकी कुमारीको बिहान एक बजे खसेको पहिरोमा पुरिएर ज्यान गएको हो । उनका छोरा ५५ वर्षीय ओमबहादुर गुरुङको भने उद्दार गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij