२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

आवर पीसल्याण्डमा  रामायण वाचन प्रतियोगिता

आवर पीसल्याण्डमा  रामायण वाचन प्रतियोगिता

आवर पीसल्याण्डमा  रामायण वाचन प्रतियोगिता

आवर पीसल्याण्डमा  रामायण वाचन प्रतियोगिता

आवर पीसल्याण्डमा  रामायण वाचन प्रतियोगिता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ ३० २०८१
शनिवार, आषाढ ३० २०८१

  • बुटवल । बुटवल–७, शिवनगरस्थित आवर पीसल्याण्ड एकेडेमीमा २११ औँ भानु जयन्तीको अवसरमा रामायण वाचन प्रतियोगिता  भएको छ । 

    कक्षागत रूपमा विभिन्न तहमा विभाजन गरी सम्पन्न गरिएको उक्त प्रतियोगितामा कक्षा २– ६ सम्मका करीब १२५ विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा कक्षा २–६ सम्मका क्रमशः सोरा चौधरी , कृष्टि श्रीस , निर्मला खनाल, आयान कोइराला , सुमिजन केसी र निरज चौधरीले प्रथम स्थान हासिल गरेका थिए ।

    यसैगरी कक्षा ७–९ का विद्यार्थीबीच सम्पन्न रामायण वाचन प्रतियोगितामा क्रमशः प्रिन्सा पाण्डे, सृष्टि भण्डारी र प्रशंसा न्यौपाने प्रथम हुन सफल भएका थिए ।

    किताबी ज्ञानका अतिरिक्त बालबालिकालाई साहित्य , खेलकुद लगायतका विभिन्न क्रियाकलापमा यथेष्ट रूपमा सहभागी गराउँदा बालबालिकाको अन्तरनिहित प्रतिभा उजागर हुने र यसले पढाइमा समेत अब्बल बनाउन ठूलो सहयोग पुग्ने हेतुले यसपटक पनि रामायण वाचन प्रतियोगिता सम्पन्न गरिएको विद्यालयकी प्रिन्सिपल गंगा भण्डारीले जानकारी दिइन् ।

     कार्यक्रममा विद्यार्थी अनुष्का पोखरेल, शुसान्त परियार, डोल्मा गुरुङ्ग , प्रनिश न्यौपाने, मनिष राई स्मृति विक, कञ्चन श्रीस, शिक्षक द्वय नीता भण्डारी र सलीना पुन, विद्यार्थी मनित राना,अन्सुम भुषाल,जलन सारु, स्मिता केसी, आस्था बोटे, शिक्षक द्वय दिपा कार्की र नीता भण्डारीले आआफ्नो भूमिका निभाएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij