२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

स्वर्गीय ज्ञवालीको स्मृतिमा शोक सभा

स्वर्गीय ज्ञवालीको स्मृतिमा शोक सभा

स्वर्गीय ज्ञवालीको स्मृतिमा शोक सभा

स्वर्गीय ज्ञवालीको स्मृतिमा शोक सभा

स्वर्गीय ज्ञवालीको स्मृतिमा शोक सभा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ ३० २०८१
शनिवार, आषाढ ३० २०८१
  •  

    बुटवल ।सिद्धार्थ पब्लिकेशन प्रालिका पूर्व अध्यक्ष स्वर्गीय ऋषि ज्ञवालीको स्मृतिमा शनिवार शोकसभा सम्पन्न भएको छ ।


    शोक सभामा बोल्ने वक्ताहरुले ज्ञवालीले सञ्चार उद्यम,राजनैतिकर सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे । उनीहरुले जीवनको विभिन्न कालखण्डमा जुन क्षेत्रमा काम गर्दा इमान्दारीपूर्वक र निः स्वार्थ काममा खटेको स्मरण गरे ।


    प्रेस स्वतन्त्रता सेनानी एंव वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीले भने,—उहाँ काम इमान्दारीपूर्वक गर्ने तर फलको आशा नगर्ने व्यक्ति हुनुहुन्थ्यो । । हामी सबैले उहाँको सत्कर्मको प्रेरणा लिनुपर्छ ।’


    प्रेस स्वतन्त्रता सेनानी एंव वरिष्ठ पत्रकार बालकृष्ण चापागाईले समाजमा इमानको खडेरी भएका बेला उहाँले पुर्‍याएको योगदानको सधैं महत्व हुने बताए ।


    नेपाल औधषी व्यवसायी संघका पूर्व अध्यक्ष एंव स्वर्गीय ज्ञवालीका राजनैतिक सहयोद्धा बाबुराम भट्टराईलेचालीसको दशकदेखि उहाँसंग संगत भएको बताउँदै २०४६ सालको राजनैतिक आन्दोलनमा महत्वपूणर् भुमिका खेलेको बताए ।

    उनले भने,—२०४६ सालको आन्दोलनमा आवश्यक सामग्री तयार गर्ने काम सगैं गर्‍यौं । कामप्रतिको लगाव र परिभाषित काम इमान्दारीपूर्वक गर्ने उहाँको स्वभावको सधैं सम्झना हुन्छ ।’ लेखक झपेन्द्र जिसीले सामाजिक र राजनैतिक आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गरे ।


    दैनिक लुम्बिनीका पूर्व सहकर्मी एंव लेखक दिपक विश्वकर्माले संकटका बेला उहाँले गरेको सहयोग सधैं सम्झना हुने बताए । ॅउहाँ बोलीको पक्का व्यक्ति हो, उनले भने ।


    लेखक एंव वाम राजनैतिक विश्लेषक विनबहादुर कुँबरले लुम्बिनीलाई हुर्काउने र बढाउने काममा पुर्‍याएको योगदानको चर्चा गरे । ॅविभिन्न दिशामा फर्केकालाई एउटै लयमा हिडाउन उहाँले गरेको प्रयास अतुलनीय छ,—उनले भने ।


    मान्डव्य सेवा समाजका अध्यक्ष माधव ज्ञवालीले सधैंभरी व्यक्तिगत समस्या भन्दा संस्थागत कामप्रति लगाव र चासो रहेको बताए । दैनिक लुम्बिनीका पूर्व सहकर्मी भरत केसीले पत्रकार नभएपनि समाचारका इस्यु बुझ्न सक्ने पत्रकारका गुण उहाँमा रहेको बताए । 


    दैनिक लुम्बिनीका सल्लाहकार एमवि विश्वकर्माले स्वर्गीय ज्ञवालीको जीवनी बारे चर्चा गर्दै उहाँको निधनले बुटवलले एक असल अगुवा गुमाएको बताए ।


    स्वर्गीय ज्ञवालीको परिवारको तर्फबाट बोल्दै पत्रकार मधु पन्थीले पारिवारिक स्वार्थ भन्दा माथि उठेर सधैं क्रियाशिल भएको पाएका बताए । उनले दैनिक लुम्बिनी र सञ्चार क्षेत्रलाई पुर्‍याएको योगदानको सम्झनाका लागि केही काम गर्नका लागि मिलेर अघि बढ्न सकिने बताए ।


    सिद्धार्थ पब्लिकेशनका अध्यक्ष मोहन चापागाईले संस्थाको संस्थागत विकासमा पुर्‍याएको चर्चा गरे । उनले भने,—उहाँले दैनिक लुम्बिनीको अहिलेसम्मको यात्रामा पुर्‍याएको योगदान सधैं सम्झिरहने छौं, उहाँको योगदान हाम्रा लागि सधैं प्रेरणादायी हुनेछ। ।’बुटवल । सिद्धार्थ पब्लिकेशन प्रालिका पूर्व अध्यक्ष स्वर्गीय ऋषि ज्ञवालीको स्मृतिमा शनिबार शोकसभा सम्पन्न भएको छ ।


    शोकसभामा बोल्ने वक्ताहरुले ज्ञवालीले सञ्चार उद्यम, राजनैतिक र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको बारेमा चर्चा गरे । उनीहरुले जीवनको विभिन्न कालखण्डमा जुन क्षेत्रमा काम गर्दा इमान्दारीपूर्वक र निःस्वार्थ काममा खटेको स्मरण गरे ।


    प्रेस स्वतन्त्रता सेनानी एंव वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीले भने-‘उहाँ काम इमान्दारीपूर्वक गर्ने, तर फलको आशा नगर्ने व्यक्ति हुनुहुन्थ्यो । । हामी सबैले उहाँको सत्कर्मको प्रेरणा लिनुपर्छ ।’


    प्रेस स्वतन्त्रता सेनानी एंव वरिष्ठ पत्रकार बालकृष्ण चापागाईंले समाजमा इमानको खडेरी भएका बेला उनले पुर्‍याएको योगदानको सधैं महत्व हुने बताए ।


    नेपाल औषधि व्यवसायी संघका पूर्व अध्यक्ष एंव स्वर्गीय ज्ञवालीका राजनैतिक सहयोद्धा बाबुराम भट्टराईले चालीसको दशकदेखि उनीसँग संगत भएको बताउँदै २०४६ सालको राजनैतिक आन्दोलनमा महत्वपूणर् भूमिका खेलेको बताए ।

    उनले भने-‘२०४६ सालको आन्दोलनमा आवश्यक सामग्री तयार गर्ने काम सँगै गर्‍यौं । कामप्रतिको लगाव र परिभाषित काम इमान्दारीपूर्वक गर्ने उनको स्वभावको सधैँ सम्झना हुन्छ ।’ लेखक झपेन्द्र जिसीले उनको सामाजिक र राजनैतिक आन्दोलनमा पुर्‍याएको योगदानको बारेमा चर्चा गरे ।


    दैनिक लुम्बिनीका पूर्व सहकर्मी एंव लेखक दिपक विश्वकर्माले संकटका बेला उनले गरेको सहयोग सधैँ सम्झना हुने बताए । ॅउहाँ बोलीको पक्का व्यक्ति हो ।’- उनले भने ।


    लेखक एंव वाम राजनैतिक विश्लेषक विनबहादुर कुँवरले लुम्बिनीलाई हुर्काउने र बढाउने काममा पुर्‍याएको योगदानको चर्चा गरे । ॅविभिन्न दिशामा फर्केकालाई एउटै लयमा हिडाउन उनले गरेको प्रयास अतुलनीय छ ।’-उनले भने ।


    मान्डव्य सेवाश्रमका अध्यक्ष माधव ज्ञवालीले सधैंभरी व्यक्तिगत समस्याभन्दा संस्थागत कामप्रति लगाव र चासो रहेको बताए । दैनिक लुम्बिनीका पूर्व सहकर्मी भरत केसीले पत्रकार नभए पनि समाचारका इस्यु बुझ्न सक्ने पत्रकारका गुण उनमा रहेको जनाए । 


    दैनिक लुम्बिनीका सल्लाहकार एमबी विश्वकर्माले स्वर्गीय ज्ञवालीको जीवनीबारे चर्चा गर्दै उनको निधनले बुटवलले एक असल अगुवा गुमाएको बताए ।


    स्वर्गीय ज्ञवालीको परिवारको तर्फबाट बोल्दै पत्रकार मधु पन्थीले पारिवारिक स्वार्थभन्दा माथि उठेर सधैं क्रियाशिल भएको बताए । उनले दैनिक लुम्बिनी र सञ्चार क्षेत्रलाई पुर्‍याएको योगदानको सम्झनाका लागि केही काम गर्नका लागि मिलेर अघि बढ्न सकिने जनाए ।


    सिद्धार्थ पब्लिकेशनका अध्यक्ष मोहन चापागाईंले संस्थाको संस्थागत विकासमा पुर्‍याएको चर्चा गरे । उनले भने-‘उहाँले दैनिक लुम्बिनीको अहिलेसम्मको यात्रामा पुर्‍याएको योगदान सधैँ सम्झिरहने छौं, उहाँको योगदान हाम्रा लागि सधैँ प्रेरणादायी हुनेछ ।’


    कार्यक्रममा दैनिक लुम्बिनीका सम्पादक शेरबहादुर केसीले स्व. ज्ञवालीको योगदान प्ररेरणादयी रहेको बताए । 


    कार्यक्रममा राष्ट्रिय समाचार समितिका लुम्बिनी प्रदेश संयोजक भरत केसीले स्व. ज्ञवालीले आफूलाई समेत विभिन्न अवस्थामा मार्गनिर्देश गरेको जनाए । 


    दैनिक लुम्बिनीका प्रबन्ध सञ्चालक महेश रिजालले स्व. ज्ञवालीको योगदानकै कारणले पत्रिका यहाँसम्म आएको भन्दै उनको योगदानको प्रसंशा गरेका थिए । 


    कार्यक्रममा रुपन्देही क्षेत्रमा क्रियाशिल पत्रकारहरु, स्व.ज्ञवालीका परिवार तथा दैनिक लुम्बिनीका पत्रकार तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij