गौरीशंकर जयसवाल / परासी । पश्चिम नवलपरासीमा माछा मासु पसलमा अनुगमन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र नवलपरासी पश्चिमले जिल्लामा संचालित माछा मासु पसलहरुमा अनुगमन गरेको हो ।
जिल्लाको सिमावर्ती क्षेत्र पाल्हीनन्दन गाँउपालिका र परासीको सदरमुकाम परासी क्षेत्रको माछा मासु पसलहरुमा अनुगमन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र नवलपरासीका प्रमुख श्रवण कुमार चौधरीले बताए ।
अनुगमनको क्रममा पाल्हीनन्दन गाँउपालिकामा माछा ¬मासु पसलहरु अधिकाश रुपमा मापदण्ड बिपरीत संचालन रहेको पाईएको प्रमुख चौधरीले जानकारी दिए । उनको अनुसार उक्त मासु पसलहरुमा अस्वस्थकर माछा मासु बिक्री गर्नको लागि राखेको पाईएको बताए ।
त्यस्ता पसलहरुमा सरसफाई र मुल्य सुर्ची नराखेको पाईएको र अनुगनको क्रममा पसलमा सडेको माछा मासु तथा मासुजन्य पदार्थ राखेको पाईएको बताए । सदरमुकाम परासीको रामग्रामका बजारमा अधिकास माछा मासु पसलहरुमा मुल्यसुर्ची नराखेको र नविकरण नगरेको भेटिएको छ ।
उक्त माछा मासु पसलहरुलाई मुल्यसुर्ची राख्न ,नविकरण गर्न मापदण्ड बिपरीत संचालन पसलहरुलाई मापदण्ड पुरा गरी संचालन गर्न निर्देशन दिईएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्दका्र प्रमुख चौधरीले जानकारी दिए ।
अनुगमनको क्रममा अस्वस्थकर कुखुरा मासु खसीको मासु ८ केजी नियन्त्रण लिई नष्ट गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्दकी मास्य प्राविधिक निर्मला गिरीले बताईन । उनको अनुसार पाल्हीनन्दन गाँउपालिका र परासीको सदरमुकाम परासी क्षेत्र गरी ११ वटा माछा मासु पसलहरमा अनुगमन गरिएको जानकारी दिईन ।
अनुगमनमा पशुरोग अन्बेषण प्रयोगशाला नवलपरासीका प्रमुख डा भरत काफ्ले,पशु क्वारेन्टाईन चेकपोष्ट महेशपुरका प्रमुख डा मनोज अधिकारी,जिल्ला प्रशासनका नायसुब्बा संदिप लामिछाने,घरेलु तथा साना उद्योग कार्यालयका मनोज चौधरी,उपभोक्ता हित संरक्षण मंचकी जिल्ला अध्यक्ष सरस्वती शर्मा, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रकी पशु चित्किसक डा विभुती सिंह रामग्राम नगरपालिका पशु चित्किसक डा सुुमित सिंह जिसी जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।




