बुटवल । बुटवलको दानव नदीमा पौडी खेल्ने क्रममा १३ वर्षिय बालक डुबेर वेपत्ता भएका छन् । आइतबार दिउसो ४ बजेतिर २ जना पौडी खेल्न भनेर गएका मध्ये बुटवल १२ घर भएका अभिषेक पन्थी वेपत्ता भएका हुन् ।
पन्थी बुटवल १३ सालघारीको एक्स आर्मी बोर्डिंग स्कुलमा कक्षा ७ मा अध्ययनरत थिए । विद्यँलयको परीक्षा सकेर घर गएपछि उनीहरु नुहाउन भन्दै खोलातिर गएका विद्यालयका प्रिन्सिपल शंकर प्रसाद भट्राईले जानकारी दिए । पन्थीसंग भएका अर्का बालक भने सुरक्षित छन् ।
बुटवल १२ र १५ को सिमानामा पर्ने टान्सपोर्ट भिलेज नजिकैको दानव खोलाामा हालै मात्र नदीजन्य पदार्थ उत्खनन्को गर्दा गहिरो गरी खनेर गहिरो खाडल बनेको ठाउंमा विद्यार्थी डुबेको स्थानीयको भनाई छ ।
विद्यार्थी वेपत्ता भएको १६ घण्टासम्म पनि उनको अवस्था पत्ता लगाउन नसक्दा बुटवल उपमहानगरपालिकाको विपद व्यवस्थथापन क्षमतामाथि गम्भीर प्रश्न उठेको स्थानीय वडावासीहरुको भनाई छ ।
नदीजन्य पदार्थ उत्खनन्का क्रममा गहिरो खाडल भएका स्थानहरु पहिचान गरी जोखिम क्षेत्र तोकेर त्यस्ता ठाउंमा जान प्रतिबन्ध गरेको भए यस्ता घटना रोकिने स्थानीयहरुको तर्क छ । यसअघि तिलोत्तमामा पनि स्थानीय तहले ठेक्का लगाएको ठाउंमा गहिरो खाडल खनिएकाले डुबेर एकजनाको ज्यान गएको थियो ।




