२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

रुकुम पश्चिममा बाढिमा परी तीन बालिकाको मृत्यु

रुकुम पश्चिममा बाढिमा परी तीन बालिकाको मृत्यु

रुकुम पश्चिममा बाढिमा परी तीन बालिकाको मृत्यु

रुकुम पश्चिममा बाढिमा परी तीन बालिकाको मृत्यु

रुकुम पश्चिममा बाढिमा परी तीन बालिकाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१
  • बुटवल  ।गए रातिको अबिरल वर्षाका कारण आएको बाढीमा परि रुकुम पश्चिममा तीन जना बालबालिकाको मृत्यु भएको छ ।

    जिल्लाको आठविसकोट नगरपालिका १२ स्थित तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढिले घर भत्काउदा तीन बालबालिकाको मुत्यु भएको छ भने एक जना वेपत्ता तथा ६ जना घाइते भएको आठविसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीले  जानकारी दिए ।

    उनका अनुसार घाइतेहरुको उपचार भइरहेको छ भने मृतकहरुको शव निकाल्ने प्रयास जारी । गए राति साढे ११ बजेको समयमा उक्त घटना घटेको केसीले जानकारी दिए ।

    उनका अनुसार मृत्यु हुनेहरूमा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन र ४ वर्षीया मनिषा सार्की रहेका छन् । त्यस्तै बेपत्ता हुनेमा ४० वर्षीय डिल्ली बुढाथोकी रहेका छन् ।

    घाइते हुनेहरूमा १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, ४ वर्षीय मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेको नगर प्रमुख केसीले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij