२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

देवदह ५ बालमैत्री तथा वातावरणमैत्री वडा घोषणा

देवदह ५ बालमैत्री तथा वातावरणमैत्री वडा घोषणा

देवदह ५ बालमैत्री तथा वातावरणमैत्री वडा घोषणा

देवदह ५ बालमैत्री तथा वातावरणमैत्री वडा घोषणा

देवदह ५ बालमैत्री तथा वातावरणमैत्री वडा घोषणा
मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१

  • गोविन्द घर्ती 
    देवदह  
    रुपन्देहीको देवदह नगरपालिका–५, लाई बालमैत्री तथा वातावरणमैत्री वडा घोषणा गरिएको छ । घोषणासंगै देवदह नगरपालिकामा पहिलो बालमैत्री तथा वातावरणमैत्री वडा भएको छ । 
    एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपार्इंले बालमैत्री वडाको प्रमाणपत्र प्रदान गरेका छन् ।


    वडाले विभिन्न ५१ वटा सूचक पूरा गरेको र जिल्ला समन्वय समिति रुपन्देहीको अनुगमन समितिले स्वीकृत प्रदान गरेपछि देवदह–५, लाई बालमैत्री वडा घोषणा गरिएको हो । देवदह नगरपालिकाले यस आर्थिक वर्षमा २ वटा वडालाई बालमैत्री वडा घोषणा गर्ने गरी अभियान सञ्चालन गरे पनि वडा नम्बर ५ लाई बालमैत्री वडा घोषणा गर्न सफल भएको छ ।
    बालमैत्री वडा घोषणा गर्न लामो सयमको अभियानले मात्र सफल भएको देवदह–५, का वडाध्यक्ष गणेश डुम्रेले जानकारी दिए । 
    बालमैत्री वडा घोषणा गर्नको लागि ६ वटा टोलस्तरीय बालक्लब गठन, ४ वटा विद्यालयस्तरीय बाल क्लब, बालविवाहलगायतको काम गरेपछि मात्र बालमैत्री वडा घोषणा गर्न जिल्ला समन्वय समितिले स्वीकृत प्रदान गरेको कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै वडाध्यक्ष डुम्रेले जानकारी दिए ।


    सो अवसरमा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले वडालाई बालमैत्री तथा वातावरणमैत्री वडा घोषणा गरेर मात्र हँुदैन, त्यसको दीगोपना र सुनिश्चिता आवश्यक रहने बताए । उनले बालमैत्री घोषणा गर्न धेरै चरण पार गर्नुपर्ने बताउँदै त्यसलाई निरन्तरता दिन आग्रह गरे। 


    प्रमुख चपाईंले बालमैत्री वडा घोषणाले नगरको विकासमा इट्टा थप्ने काम गरेको बताए । उनले संस्कारयुक्त समाज निर्माण गर्न यस्ता सूचकहरुले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए । सोही अवसरमा बोल्दै नगर प्रमुख धु्रवप्रसाद खरेलले देवदह नगरपालिकालाई आगामी २०८२ सम्म बालमैत्री नगर घोषणा गर्ने गरी अभियान सञ्चालन गरिरहेको जनाए । 


    उनले बालमैत्री घोषणा गरेसँगै चुनौती थपिएको बताउँदै चुनौतीलाई सामना गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले सबैको साथ र सहयोगले मात्र वडा नम्बर ५, लाई बालमैत्री वडा घोषणा गर्न सकिएको बताए । उनले सबै नागरिकले सहयोग गरेमात्र बालमैत्री नगर घोषणा गर्न सकिने बताउँदै बालअधिकारको बारेमा आमनागरिक सचेत हुनु पर्ने औंल्याए । उनले युवाहरुलाई स्वदेश रहने वातावरण तयार गर्न आवश्यक रहेको बताए । 


    देवदह नगरपालिका–५, का वडाध्यक्ष गणेश डुम्रेको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नेपाली कांग्रेसका सभापति गुनाखर भुर्तेल, बाल सञ्चाल देवदह–५, का अध्यक्ष सृजना गैरे, बालसञ्जालका पूर्वअध्यक्ष दिया न्यौपाने, बालसञ्जाल देवदहका सचिव संस्कृति घर्तीलगायतले आ–आफ्ना भनाइ राखेका थिए ।


    टोल विकास संस्थाका प्रतिनिधि, आमा समूहका प्रतिनिधि, बालसञ्जालका प्रतिनिधिहरुको सहभागिता रहेको प्रभातफेरी वडा कार्यालयबाट शुरु भइ नगरपालिकाको सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।
    सोही अवसरमा बालमैत्री वडा घोषणा गर्ने अभियानमा सक्रिय रुपमा लाग्नेहरुलाई सम्मान समेत गरिएको थियो । बालमैत्री शासनका फोकल पर्सन शिक्षा अधिकृत प्रर्शुराम ढकालको स्वागत र बबिता भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij