२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

समृद्धिले निःशुल्क लगायो मेहेन्दी, छुट योजना समेत सार्वजनिक

समृद्धिले निःशुल्क लगायो मेहेन्दी, छुट योजना समेत सार्वजनिक

समृद्धिले निःशुल्क लगायो मेहेन्दी, छुट योजना समेत सार्वजनिक

समृद्धिले निःशुल्क लगायो मेहेन्दी, छुट योजना समेत सार्वजनिक

समृद्धिले निःशुल्क लगायो मेहेन्दी, छुट योजना समेत सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१
  • बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ अमर पथ सिंह कम्प्लेक्समा रहेको समृद्धि युनीसेक्स सलोन तथा एकेडेमीले साउने सङ्क्रान्ति अवसरमा निःशुल्क मेहन्दी लगाएको छ।मङ्गलवार समृद्धिले एक कार्यक्रमको आयोजना गर्दै साउने सङ्क्रान्तिमा शुभकामना आदानप्रदान गर्दै निःशुल्क मेहेन्दी लगाएको हो । 


    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालले अहिले मेहेन्दी लगाइए पनि पहिले पहिले तिउरीको पातबाट लगाउने गरेको स्मरण गरिन। उनले पछिल्लो समयको आधुनिकताले परम्परा बिर्सने अवस्था आइरहेको बताउँदै समृद्धिले साउने सक्रान्तिमा सबैलाई जुटाएर यो दिनको स्मरण गर्ने गरेको भन्दै धन्यवाद व्यक्त गरिन।


    उनले बुटवल उपमहानगरपालिकाले अहिले नगरभित्रका हरेक महिलाहरूलाई रोजगारीमा जोड्नको लागि विभिन्न तालिम तथा योजनाहरू ल्याएको बताउँदै कपाल तथा छालाको क्षेत्रमा राम्रो भविष्य रहेको बताइन। 

    samriddi mehendi 1.jpg


    कार्यक्रममा बोल्दै फेसन डिजाइनर एवं बुटवल लेडि जेसिजका पूर्व अध्यक्ष अनुपमा श्रेष्ठले पहिले र अहिले लगाउने कुरा मात्रै परिवर्तन भएको बताउँदै परम्परा परिवर्तन नभएको बताइन् । उनले पहिले तिउरीको फुल किचेर लगाउने भए पनि आजभोलि मेहेन्दी लगाउने गरेको बताउँदै परम्पराले निरन्तरता पाई रहेको बताइन् ।


    कार्यक्रममा समृद्धि युनीसेक्स सलोन तथा एकेडेमीका सञ्चालक मोहन ठाकुरले संस्कृति जोगाउनको लागि सबैले आ आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताए । उनले सम्बन्धित क्षेत्रले सानो सानो सहयोग गर्दा मात्रै पनि संस्कृतिको बारेमा पछिल्लो पुस्तालाई जानकारी हुने विश्वाससहित कार्यक्रम आयोजना गरिएको बताए । 


    कार्यक्रममा रोटरी क्लब अफ तिनाउ बुटवलका अध्यक्ष रमिला शर्मा, जेसिआई भैरहवा पूर्व अध्यक्ष विष्णु पाण्डे, सामाजिक सञ्जाल प्रभावकर्ता गोमा ज्ञवाली, पत्रकार पूजा पन्थी लगायतले यो पर्वको महत्वको बारेमा बताउँदै संस्कृति जगेर्ना गर्नुपर्ने बताएका थिए । मङ्गलवार दिनभर सैलुनमा आउने करिब २ सय जनालाई निःशुल्क मेहेन्दी लगाइएको सञ्चालक ठाकुरले जानकारी दिए । 

    यस्ता छन् छुट
    यसैबिच सोही कार्यक्रममा समृद्धि युनीसेक्स सलोन तथा एकेडेमीले छुटको योजना सार्वजनिक समेत गरेको छ। 
    समृद्धिसँगै स्कुटर चढौँ योजना अन्तरगत वर्षभर आउने ग्राहक मध्यबाट एक जनालाई स्कुटर प्रदान गर्ने योजनालाई निरन्तरता दिनुको साथै बजारमा भन्दा आधा कम शुल्कमा अन्य सेवाहरू दिने दाबी गरेको छ । सञ्चालक ठाकुरले केराटिन ४ हजार,  हेयर बोटक्स ५५ सय, हाइड्रा फेसियल २२ सय तथा अन्य सेवामा २० प्रतिशत छुट रहेको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij