२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

होला त ६ महिनामा पूरा ?

होला त ६ महिनामा पूरा ?

अर्थमन्त्री विष्णु पौडेलकै अगुवाइमा यो सडक निर्माण योजनाको काम अघि बढे पनि ठेकेदारले  समयमा नभ्याएकोमा नेता पौडेललाई जोडेर आलोचना हुँदै आएको थियो ।

होला त ६ महिनामा पूरा ?

होला त ६ महिनामा पूरा ?

अर्थमन्त्री विष्णु पौडेलकै अगुवाइमा यो सडक निर्माण योजनाको काम अघि बढे पनि ठेकेदारले  समयमा नभ्याएकोमा नेता पौडेललाई जोडेर आलोचना हुँदै आएको थियो ।

होला त ६ महिनामा पूरा ?
बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • चौराहा–गोलपार्क सडकको नयाँ ठेक्का आह्वान

    लुम्बिनी संवाददाता
    बुटवल
    बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक सात वर्षमा पनि पूरा नभएपछि पुरानो ठेक्का रद्द गरी नयाँ ठेक्का आह्वान गरेको छ । बुटवलको चौराहादेखि गोलपार्कसम्मको ३.२५ किलोमिटर सडक ६ लेनमा विस्तारका लागि सात वर्षअघि बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको थियो ।


    पटक–पटक म्याद थप्दासमेत सात वर्षसम्म काम  सम्पन्न नभएपछि डिभिजन सडक कार्यालय बुटवलले गत बैशाख १३ गते ठेक्का रद्द गरेको थियो । तर निर्माण व्यवसायी अदालत गए पनि अन्तरिम आदेश नआएपछि नयाँ टेन्डर आह्वान गरिएको हो ।
    नयाँ ठेक्काअनुसार ६ महिनाभित्र सक्ने गरी ५८ करोड लागतमा टेन्डर सूचना प्रकाशन गरिएको सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इञ्जिनियर महेश्वर लम्सालले जानकारी दिए । सडक बनाउन ठेक्का लिन चाहनेहरुले साउन ३१ गतेसम्म टेण्डर बिड गर्न सक्ने र साउन ३१ गते नै टेण्डर खोलिने सूचनामा उल्लेख छ ।

     
    २०६९ सालमा ४ लेनमा निर्माण भएको यो खण्डपछि ६ लेनमा विस्तार गर्ने योजना अघि बढेको थियो । उक्त योजनाअनुसार ६ लेन सडकको काम सुरु भएर हालसम्म करिब ३५ करोड रुपैयाँ खर्च भइसकेको छ । तर, आधा पनि काम भएको छैन । यो सडकमा अन्तर्राष्ट्रियस्तरको अस्फाल्ट पिच गर्ने योजना रहेको इञ्जिनियर महेश्वर लम्सालले जनाए । सम्झौताअनुसार २०७६ असोज १२ गतेसम्म सक्नुपर्नेमा नसकेपछि २०८० चैत मसान्तसम्म पूरा गर्ने गरी म्याद थपिएको थियो ।


    कञ्चनजंघा बिरुवा जेभी काठमाडौंले भ्याट तथा भेरिएसनसहित ५३ करोड ९७ लाख ९९ हजार चार सय ६७ रुपैयाँमा ठेक्का पाएको यो सडक पूरा गर्न सो कम्पनीसँग ०७६ सम्ममा सडक विस्तार सक्नेगरी १७ चैत ०७३ मा ठेक्का सम्झौता भएको थियो । तर, पटक–पटक म्याद थप्दासमेत सात वर्षसम्म विस्तार सम्पन्न नभएपछि डिभिजन सडक कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको हो ।


    निर्माण कम्पनीले काम अलपत्र पार्नुका साथै दिएको निर्देशनसमेत बेवास्ता गरेपछि ठेक्का नै रद्द गरेर नयाँ टेन्डरको गरिएको इञ्जिनियर लम्सालले बताए । 
    कार्यालयका अनुसार १२ असोज ०७६ मा निर्माण सम्पन्न गर्ने गरी सो सम्झौता भएको थियो । ठेक्का सम्झौताका बेला सडक कार्यालयमा पेस गरेको निर्माण कार्य तालिकाअनुसार काम नभएपछि वर्षौँ बित्दा पनि कामले गति लिन सकेन । निर्माणाधीन साइटमा अवरोधदेखि कोभिड महामारीको प्रभावसमेत परेपछि पटक–पटक गरेर म्याद थप गरिएको थियो ।


    हालसम्म आर्थिक प्रगति ५० दशमलव ७७ प्रतिशत तथा भौतिक प्रगति जम्मा ५४ प्रतिशत रहेको इञ्जिनियर दाहालले जनाए । 
    सर्भिस लेन ठूलो र पार्किङ व्यवस्थापनसमेत मिल्ने गरी नयाँ डिजाइन गरेर काम अगाडि बढाउने तयारी छ । त्यस्तै, सडकमै नाइट स्टल राख्न मिल्ने पनि बनाइँदैछ । बुटवल सिटी मार्केटलाई असर नपर्ने गरी सडकको दुवै किनारामा रेलिङ राखिनेछ ।
    यहाँ फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रिनबेल्ट साथै स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरका हुनेछन् ।
    ग्रिनबेल्ट तथा स्टल कहाँ, कसरी राख्नेबारे छलफल गरेर व्यवस्थित रूपमा काम अगाडि बढाइने कार्यालयले जनाएको छ । सडकमा हरियाली बढाउन बिरुवा लगाइनेछ भने रातमा सहरको सुन्दरता बढाउन सडकबत्तीको व्यवस्था गरिनेछ । करिब ५० करोडको इस्टिमेट गरी सहमतिका लागि अर्थमा पठाइएको र अर्थबाट सहमति आएर नयाँ ठेक्का प्रक्रिया अघि बढेको लम्सालको भनाइ छ ।


    अर्थमन्त्री विष्णु पौडेलकै अगुवाइमा यो सडक निर्माण योजनाको काम अघि बढे पनि ठेकेदारले समयमा नभ्याएकोमा नेता पौडेललाई जोडेर आलोचना हुँदै आएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij