२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

तीन दिनसम्म देशका विभिन्न नदीमा बाढीको जोखिम

तीन दिनसम्म देशका विभिन्न नदीमा बाढीको जोखिम

तीन दिनसम्म देशका विभिन्न नदीमा बाढीको जोखिम

तीन दिनसम्म देशका विभिन्न नदीमा बाढीको जोखिम

तीन दिनसम्म देशका विभिन्न नदीमा बाढीको जोखिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने भएकोले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    महाशाखाले आजदेखि तीन दिनसम्म नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीहरू र बबई तथा पश्चिम राप्ती नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सावधानी अपनाउन आग्रह गरेको हो ।

    यस्तै महाकाली र पश्चिम सेती नदीको जलसतह सतर्कता तह भन्दा तलै रहे पनि उल्लेख्य बढ्ने पूर्वानुमान रहेको महशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दर्चुला, ईलाम, झापा, सङ्खुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, बझाङ, रुकुम पश्चिम, रुकुम पूर्व, सुर्खेत र आसपासका जिल्ला भई बहने धेरै स–साना नदीहरुमा बहाव बढ्ने सम्भावना छ ।

    केही स–साना नदीमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेकोले आसपासका क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको  सुझाव छ ।

    यसैबीच आज दिउँसो गण्डकी र कर्णालीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै रातिदेखि सुदूरपश्चिम  प्रदेशमा पनि ठुलो पानी पर्ने सम्भावना छ ।  मनसुनी वायुको प्रभाव रहेकाले देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाई छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij