बुटवल । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अखिल समाजवादी रुपन्देहीले बुटवल १३ स्थित जितेश्वरी मावि परिसरमा बृक्षरोपण गरेको छ ।
विद्यालयको खाली जमिनमा मौसम अनुकुल फुल , कागती, अम्बा, अमला र काष्ठजन्य बिरुवा रोपिएको हो । सो कार्यक्रममा बोल्दै अखिल समाजवादीका लुम्बिनी प्रदेश सह इन्चार्ज विज्ञान सीले वर्षातको समयमा नेपाल कम्युनिस्ट पार्टी सिंगो पार्टी नेतृत्व धान रोपाईमा र अखिल समाजवादी शैक्षिक संस्थाहरुमा फलफुल र जटिबुटी बिरुवा रोप्ने अभियान चलाएको जानकारी गराए ।
कार्यक्रममा बिद्यालयका प्रअ उपेन्द्र ज्ञावाली, अखिल समाजवादी जिल्ला संयोजक पदम सी लगायतले बोल्दै नेकपा र उसका भातृ संगठनहरुले जमिन बांझो नराखौ, शैक्षिक संस्थामा वृक्षरोपण गरौं नारासहित अभियान नै चलाएको बताए ।




