२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

खुल्ला म्याराथुन दाैड प्रतियोगिता हुने

खुल्ला म्याराथुन दाैड प्रतियोगिता हुने

खुल्ला म्याराथुन दाैड प्रतियोगिता हुने

खुल्ला म्याराथुन दाैड प्रतियोगिता हुने

खुल्ला म्याराथुन दाैड प्रतियोगिता हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • गाैरीशंकर जयसवाल / परासी । पश्चिम नवलपरासीमा खुल्ला म्याराथन दाैड प्रतियोगिता हुने भएकाे छ ।प्राेग्रेसिभ इन्जिनियर एसाेसियसन नेपाल,नवलपरासीकाे आयाेजनामा खुल्ला म्याराथन प्रतियोगिता हुने भएकाे हाे ।

    ६२ओै ईन्जिनियरीड दिवसकाे अवसरमा खुल्ला म्याराथन दाैड प्रतियोगिता गर्न लागेकाे पिनका उपाध्यक्ष सुर्वण न्याैपानेले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

    प्राेग्रेसिभ इन्जिनियर एसाेसियसन नेपाल,नवलपरासीकाे ६२ ओै इन्जिनियरिङ दिवसकाे अवसरमा भाेली बिहीबार खुल्ला म्याराथुन दाैड आयाेजना गर्ने भएकाे छ। रामग्रामकाे बुद्वचाेकदेखि बिहान ८:३० बजे सुरू भई ९:३० बजे रामग्राम स्तुपामा समापन हुने प्राेग्रेसिभ इन्जिनियर एसाेसियसन नेपाल,नवलपरासीका अध्यक्ष राजु ढकालले जानकारी दिए ।

    पिन नवलपरासीले समाजमा सामाजिक वातावरण , शैक्षिक स्वास्थ , खेलकुद लगाएतका कार्यहरू गर्दै इन्जिनियरहरूकाे हकहितकाे लागि आवाज उठाउदै आएकाे छ । याे पटकपनि ६२ ओैँ इन्जिनियरिङ दिवसकाे अवसरमा आयाेजना गरिएकाे खुल्ला म्याराथुनकाे मुख्य उदेश्य युवाहरूको सम्मान, स्वास्थ र फिटनेसकाे प्रवर्द्धन र समुदायमा सकारात्मक उर्जा फैलाउनुकाे साथै पर्यटन विकास र रामग्राममा रहेकाे स्तुपाकाे अन्तर्राष्ट्रिय उजागर गर्नु रहेकाे छ ।

    प्रतियोगितामा सबै उमेर समुहका व्यक्तिहरूलाई सहभागी गराइने र प्रथम हुनेलाई नगद रू. १० हजार, सिल्ड,द्वितीय हुनेलाई नगद रू. ५ हजार सिल्ड र तृतीय हुनेलाई नगदरू. ३ हजार र सिल्ड रहने अध्यक्ष ढकालले बताए । पिनकाे आगामी कार्यक्रममा प्रकाेप न्यूनीकरणमा इन्जिनियरहरूकाे भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम रहने उपाध्यक्ष सुवर्ण न्याैपानेले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij