बुटवल । नेपाल लोकतान्त्रिक होटल ब्यवसायी संघको दोस्रो स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कांग्रेसका होटल व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक होटल ब्यवसायी संघले बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य विष्णु पोखरेलले संघको स्थापना दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै व्यवसायीहरु व्यवसायलाई चलायमान बनाउन तर्फ लाग्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले पछिल्लो समय होटल व्यवसाय चलायमान हुन नसक्दा सोचे अनुसारको प्रगती हुन नसकेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन रुपन्देहीका सभापति कबिन्द्र नेपालले कांग्रेस पार्टीसंग आस्था राख्ने व्यवसायीहरुको संगठनले निर्णायक कामहरु गर्नुपर्ने बताउँदै स्थापना दिवसको शुभकामना दिए ।
कार्यक्रममा तरुण दल केन्द्रीय सदस्य दुर्गा सेन क्षेत्री, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष प्रेम भट्टराई, नेविसंघ केन्द्रीय सदस्य सुन्दर अर्याल, कांग्रेस रुपन्देही ५ क प्रदेश सदस्य खिमराज पोख्रेल, ट्रेड युनियन कांग्रेस रुपन्देहीका सचिव केशवराज पाण्डे, संघका सल्लाहकार जिवन घिमिरे, संघ उपाध्यक्ष कृष्ण पाण्डे, सचिव रुपा भण्डारी लगायतले बोलेका थिए ।




