२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

बुटवल बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा

बुटवल बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा

बुटवल बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा

बुटवल बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा

बुटवल बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण ३ २०८१
बिहिवार, श्रावण ३ २०८१
  • बुटवल । बुटवलको नयाँ बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा आएको छ। नयाँ बसपार्कलाई सुविधासम्पन्न बनाउने बुटवल उपमहानगरपालिकाको योजनाअनुसार पहिलो चरणमा सुविधासम्पन्न बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा आएको हो।

    स्नानगृहको बिहिबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे। उनले नयाँ बसपार्कलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने उदेश्यका साथ सुविधासम्पन्न स्नानगृह सञ्चालनमा ल्याएको बताए। उनले बसपार्कमा हाइमास्ट लाइट, क्यान्टिन, चार्जिङ स्टेशन, कोशेली घर र बहुतले पार्किङ भवन निर्माण हुने बताए।

    'हाइमास्ट लाइट जडान भइसकेर परीक्षणको क्रममा रहेको छ, विद्युतीय गाडीहरुको चार्जिङ स्टेशन सञ्चालनमा आएका छन्-उनले भने-क्यान्टिन अब छिटै सञ्चालन हुनेछ भने कोशेली भवन र पार्किङ भवन निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ।'

    उनले बसपार्क सुरक्षित र सुविधासम्पन्न हुनुपर्ने भन्दै त्यसअनुसारका सुविधाहरु थप गर्दै लगेको बताए। 'बसपार्कको सरसफाइ गर्ने र खाल्डाखुल्डी पुर्ने कामलाई हामीले छिटै नै अगाडि बढाउँछौं, उनले भने-बसपार्कलाई सफा राख्ने र सुरक्षित राख्ने काममा यहाँका समितिहरु पनि उत्तिकै सक्रिय हुन जरुरी छ।' उनले सरसफाइमा नियमित रुपले खटिन व्यवसायीहरुलाई आग्रह गरे।

    कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले बसपार्क सुधार गर्ने बुटवल उपमहानगरपालिकाको अभियान राम्रो भएको बताए। उनले बसपार्कलाई व्यवस्थित बनाउनका लागि आफुहरुको साथ रहने बताए। बसपार्कमा निर्माण भएको स्नानघरमा ११ वटा शौचालय, १७ वटा युरिनल, ४ वटा बाथरुम तथा २ वटा बालमैत्री, २ वटा अपांगमैत्री शौचालय रहेका छन्।

    स्नानगृहमा मौसमअनुसार चिसोतातोपानीका लागि सोलार प्यानल जडान गरिएको र शौचालयको फोहोरबाट बायोग्यास उत्पादन गरी स्नानगृहको उपयोगमा ल्याउने गरी व्यवस्था मिलाइएको बुटवल उपमहानगरपालिकाका इन्जिनियर रुक्मागत बस्यालले जानकारी दिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij