२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

महिला एसिया कपः नेपाल यूएईविरुद्ध भिड्दै

महिला एसिया कपः नेपाल यूएईविरुद्ध भिड्दै

महिला एसिया कपः नेपाल यूएईविरुद्ध भिड्दै

महिला एसिया कपः नेपाल यूएईविरुद्ध भिड्दै

महिला एसिया कपः नेपाल यूएईविरुद्ध भिड्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ४ २०८१
शुक्रवार, श्रावण ४ २०८१
  • श्रीलंकामा आजदेखि नवौं संस्करणको एसीसी महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता शुरू हुँदैछ । उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)को सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा शुरू हुनेछ ।

    एसिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघि नेपालले सन् २०१२ र २०१६ मा महिला एसिया कप खेलेको थियो । दुवै पटक नेपालले सबै खेलमा हार ब्यहोरेको थियो ।

    सन् २०१२ र २०१६ मा जस्तै यो पटक पनि एसिया कप टी–२० फर्म्याटमा हुन गइरहेको छ ।समूह ‘ए’मा रहेको नेपालले जुलाई २१ मा पाकिस्तानविरुद्ध र २३ मा भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।


    समूह ‘बी’मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्यान्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

    नेपाल यो वर्ष छनोट चरणबाटै बाहिरिएको थियो । एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको एसीसी विमिन्स प्रिमियर कपको सेमिफाइनलमा पराजित भएपछि नेपाल छनोट हुन विफल भएको थियो ।

    पूर्वनिर्धारित नियमअनुसार फाइनलमा पुग्ने दुई टोलीले एसिया कपमा आफ्नो स्थान पक्का गरे ।  यूएई र मलेसिया सिधै एसिया कपमा प्रवेश गरेका थिए ।

    तर पछि एसीसीले सेमिफाइनल खेल्ने टोलीलाई पनि एसिया कपमा समावेश गर्ने निर्णय गरेपछि नेपाल र थाइल्यान्डले मौका पाएका हुन् ।समूह ‘ए’कै अर्को खेलमा भारत र पाकिस्तान आमने–सामने हुँदैछन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij