२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

वर्षाका कारण बजारमा पाइन छाड्यो तरकारी

वर्षाका कारण बजारमा पाइन छाड्यो तरकारी

वर्षाका कारण बजारमा पाइन छाड्यो तरकारी

वर्षाका कारण बजारमा पाइन छाड्यो तरकारी

वर्षाका कारण बजारमा पाइन छाड्यो तरकारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ४ २०८१
शुक्रवार, श्रावण ४ २०८१
  • काठमाडाैं | उपभोक्ताले महँगो तिरेर पनि ताजा तरकारी उपभोग गर्न पाएका छैनन् । लगातारको वर्षाका कारण उपत्यकाबाहिरबाट पर्याप्त तरकारी नआएकाले उपत्यकावासीले तरकारी खान पाएका छैनन्। 

    बुधबार साँझ पत्र सानेपाबाट तरकारी किन्न कालीमाटी बजारमा पुगेका विष्णुप्रसाद अधिकारी बजारमा किन्ने तरकारी नदेखेपछि निराश भएर फर्किए ।

    बिहीबार आमाको बार्षिकी कार्यक्रमका लागि सस्तो तरकारी किन्न भतिजसहित कालीमाटी बजारमा आएका उनले भने, "आलुसहित अन्य हरियो तरकारी लैजाने भनेर दुई वटा स्कुटर लिएर आयौं, बजारमा तरकारी नै छैन, आलु र तामा लिएर हिड्यौं।"  शिक्षिका मतिना पोखरेलले पनि कालीमाटीमा खोजे जस्तो तरकारी पाइनन् । 

    देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारीहरू केही दिनदेखि बजारमा असाध्यै कम तरकारी भित्रिएकाले बिहानै सकिने गरेको र साँझपख बजार आउने उपभोक्ता रित्तै फर्किनुपर्ने बताउँछन्। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij