२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

सुन जस्तो देखिने लेपन गरिएको साढे ४ किलो कपडासहित दुई भारतीय नागरिक विमानस्थलबाट पक्राउ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ४ २०८१
शुक्रवार, श्रावण ४ २०८१
  • काठमाडौं । करिब साढे ४ किलो सुन जस्तो देखिने लेपन गरिएको कपडा सहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

    बिहीबार दिउसो सवा १ बजेको समयमा एफ जेड ५७३ नम्बरको फ्लाई दुबईको उडानमार्फत दुबईबाट काठमाडौं आएका दुई भारतीय नागरिकलाई नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो ।

    वर्ष ६२ विनयकुमार गोविन्दाभाई सागर र ५८ वर्षका जितेन्द्रकुरमा बालुभाई ढाकनलाई त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल भन्सार चेकिङ क्षेत्रपछि अन्तर्राष्ट्रिय आगमन टर्मिनल प्रवेशद्वारबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत विकले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार उनीहरूको झोला चेक गर्दा भन्सार छली लुकाएर ल्याएको सुन जस्तो देखिने पहेँलो रंगको लेपन गरिएको कपडा सहित करिब साढे ४ किलोको सामान नियन्त्रणमा लिइएको छ ।

    नियन्त्रणमा लिइएको सामान र उनीहरूलाई नियन्त्राणमा लिएर सोधपुछपछि अनुसन्धान र आवश्यक कारबाहीका लागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा बुझाइएको सूचना अधिकारी एसएसपी विकले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij