बुटवल । लियो क्लब अफ बुटवल सिद्धबाबाले आज नेपाल नियमित रक्तदाता समाजको भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । जिल्लामा केही दिनयता रगतको अभाव रहेको समाचार बाहिर आएपछि क्लबको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल निमायित रक्तदाता समाजका केन्द्रीय अध्यक्ष दया ब. सिलवालले रक्त दातालाई ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गर्दै उनले सक्रिय रक्तदाताको रूपमा रहेका युवावर्ग रोजगार तथा अध्ययनका लागि बिदेश जान थालेपछि हिजोआज देशैभर रगतको अभाव हुन थालेको बताए ।
यस्तो अवस्थामा यहीँ भएका युवाहरूले रगत संकलन गर्ने काममा आफ्नो जिम्मेवारी बहन गर्नुभएकोमा खुसी लागेको उनले बताए ।
कार्यक्रममा नेपाल नियमित रक्तदाता समाजका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारीले रक्तदानबारे सचेतनाको कारण रक्तदान कार्यक्रम बढेपनि रगतको ग्रुप अभाव रहेको बताए ।
आकस्मिक दुर्घटना, डायलोसिसका बिरामीहरुमा रगतको बढि माग हुने बताउँदै रुपन्देहीमा नेपालभर बाट रगत लिन आउने हुँदा रगत सधै अभाव देखिने उनले बताए ।
कार्यक्रममा बोल्दै लियो क्लव अफ बुटवल सिद्धबाबाका अध्यक्ष प्रणेश पौडयालले विगत लामोसमयदेखी रक्तदानको कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए । लियो क्लवले रक्तदान मात्र नभई अरु धेरै सामाजिक कार्यमा पनि हातेमालो गर्दै आएको बताए ।
नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४५ युनिट रगत संकलन भएको संयोजक निरोश मुडभरिले जानकारी दिए । हाल यस क्लवमा ३२ सदस्य रहेका छन ।




