बुटवल । गण्डकी प्रदेशको बागलुङ जिल्लाको पश्चिम भेगका चार पालिकाबाट रुपन्देहीमा आई बसोबास गरेकाहरुको भेलाले पश्चिम बागलुङ–रुपन्देही सम्पर्क केन्द्र गठन गरेको छ । बागलुङको पश्चिम भेगका ढोरपाटन नगरपालिका तथा निसीखोला, बडिगाड र तमान गाउंपालिकाबाट रुपन्देहीमा आएर बसोबास गरेकाहरुको भेलाले सम्पर्क केन्द्र गठन गरिएको हो ।
बुटवल नयांगाउंमा भएको भेलाले देवबहादुर कुंवरको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । केन्द्रको बरिष्ठ उपाध्यक्षमा इन्द्रजीत थापा, महासचिवमा नारायण भुसाल , सचिवमा एकराज पौडेल, कोषाध्यक्षमा मेखबहादुर शाही, सदयहरुमा होमबहादुर विक, जीतबहादुर कुँवर, गीता केसी, दिनेश घिमिरे,प्रकाश छन्त्याल, सीता विक, प्रेम शेरचन, लोकेन्द्र भण्डारी र किसन चन्द रहेका छन् । महिला उपाध्यक्षको पद केही दिनमा पुर्ति गरिने छ । यस्तै सल्लाहकारहरुमा कृष्णमान कुवर , कृष्णप्रसाद शर्मा , रामबहादुर चन्द, भक्त बहादुर खडका, गोरख रोका लगायत रहेका छन् । तदर्थ समितिका अध्यक्ष देवबहादुर कुंवरले आपसी सहयोग आदान प्रदान र भाइचारा सम्बन्ध स्थापित गर्ने उद्देश्यले केन्द्र गठन गरिएको बताए । उनले पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा पर्ने प्रख्यात पर्यटकीय र शिकार आरक्ष क्षेत्र ढोरपाटनलाई लुम्बिनीको पर्यटन संग जोड्ने लगायत सामाजिक कामहरु गर्दै जाने बताए । केन्द्रले पहिलो कार्यक्रमका रुपमा महिला दिदी बहिनीहरुका लागि तीज मिलन कार्यक्रम गर्ने कुंवरले बताए । भेलाको नेतृत्व गरेका जेष्ठ सदस्य कृष्णमान कुंवरले सामाजिक संघसंस्थाहरुमा राजनीतिको गन्ध आउन दिन नहुने सुझाव दिए ।




