२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

मौलिक तीज गीत ‘खोली तिरैमा’ सार्वजनिक

मौलिक तीज गीत ‘खोली तिरैमा’ सार्वजनिक

मौलिक तीज गीत ‘खोली तिरैमा’ सार्वजनिक

मौलिक तीज गीत ‘खोली तिरैमा’ सार्वजनिक

मौलिक तीज गीत ‘खोली तिरैमा’ सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण ५ २०८१
शनिवार, श्रावण ५ २०८१

  • बुटवल । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा तीजका गीतहरु घन्कन थालेका छन् । त्यसै क्रममा रुपन्देहीको बुटवलमा पनि कलाकार दुर्गा नेपालको मौलिक तीज गीत सम्बन्धी बनेको म्यूजिक भिडियो ‘खोली तिरैमा’ शुक्रबार सार्वजनिक भएको छ । 


    उक्त तीज गीतको सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले कला संस्कृतिको माध्यमबाट बुटवललाई चिनाउने र पर्यटन प्रबद्र्धनका हिसाबले पनि निकै महत्व राख्ने बताइन् । कला र संस्कृति भनेको देश र समाजको पहिचानको लागि मेरुदण्ड भएकाले यसको संरक्षण र विकास गर्न कलाकारको सम्मान गर्नुपर्ने र सबैको साथ सहयोग हुनुपर्ने उनले बताइन् ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, म्यूजिक भिडियो निर्देशक मनिष पन्थ, पत्रकार महासंघका केन्द्रिय पार्षद हरिष ढकाल, मीना ढकाल लगायतले बोल्दै स्थानीय रुपमा निर्माण गरिएको उक्त म्यूजिक भिडियोले कला र संस्कृति जर्गेनामा सहयोग गर्ने भन्दै उदाउँदा कलाकारहरुको हौसला बढाउनुपर्ने बताए । 

    म्यूजिक भिडियोको छायाकंन सम्पादन तथा निर्देशकमा मनिष पन्थ, नृत्य निर्देशक लोकेन्द्र शाह, शब्द संगीत अर्जुन कौशल र अभिनय अंकिता नेपाल र अभ्यूदय ढकालको रहेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij