बुटवल । गुल्मी दरबार गाउँपालिका वडा नं १ निवासी वर्ष ४४ का पर्सुराम घर्ती मगरलाई बचाउन नवजनविकास युवा परिवारले अपिल गरेको छ।
झन्डै तीन वर्ष अगाडि मृृगौला प्रत्यारोपण गरेका घर्ती मगरलाई ब्लड क्यान्सर देखिएपछि उपचार खर्च जुटाउन संस्थाले पर्सुराम घर्ती बचाऔँ अभियान सञ्चालन गरेको हो।
क्यान्सरको उपचार पद्धति निकै खर्चिलो र आर्थिक अवस्था कमजोर रहेकोले अभियान सुरु गरिएको संस्थाले जनाएको छ।
वीर अस्पताल काठमाण्डौंमा उपचाररत घर्ती संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार समेत रहेका छन्।घर्तीलाई सहयोग गर्न निम्न खातामार्फत सहयोग गर्न आग्रह गरिएको छ।
बैंक विवरण:-
PARSHURAM GHARTI MAGAR
GLOBAL IME BANK LIMITED
MILAN CHOWK BUTWAL BRANCH
A/C NO:- 4707010008806
सम्पर्क नम्बर ९८६७५४४५५३




