२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

काभा यू-२० महिला भलिबलमा नेपालको पहिलो जित

काभा यू-२० महिला भलिबलमा नेपालको पहिलो जित

काभा यू-२० महिला भलिबलमा नेपालको पहिलो जित

काभा यू-२० महिला भलिबलमा नेपालको पहिलो जित

काभा यू-२० महिला भलिबलमा नेपालको पहिलो जित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण ५ २०८१
शनिवार, श्रावण ५ २०८१
  • बुटवल ।काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हात पारेको छ ।माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको लिगको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोलीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

    नेपालले माल्दिभ्सलाई २५-१६, २५-९, २५-१० ले पराजित गरेको हो । नेपालले माल्दिभ्स विरुद्ध कप्तान जेनिशा विश्वकर्मालाई बाहिर राख्दै मिना सुनार, स्नेहा ठगुन्ना र अनुषा चौधरीलाई पहिलो रोजाइमा खेलाएको थियो ।

    नयाँ सेटमा खेल्दा नेपालको तालमेलमा केही कमजोरी देखिएको थियो । जसले गर्दा माल्दिभ्सले १६ अंक जोड्न सफल भयो । दोस्रो र तेस्रो सेट भने नेपालले एकपक्षिय रुपमा आफ्नो पक्षमा पारेको थियो ।मुख्य प्रशिक्षक कुमार राईले सेमिफाइनल तयारीलाई मध्यनजर गर्दै माल्दिभ्स विरुद्धको खेलमा सबै खेलाडी खेल्ने मौका दिएका थिए । आरती चौधरीले दोस्रो तथा आशिका क्षेत्रीले तेस्रो सेटमा खेल्ने अवसर पाएका थिए ।

    यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल माल्दिभ्सलाई हराएपछि चार टोली सहभागि च्याम्पियनसिपमा २ अंकसहित तेस्रो स्थानमा छ ।

    उपाधि दाबेदारको रुपमा माल्दिभ्स आएको नेपालले सुरुवाती दुई खेलमा रिसिभ र डिफेन्समा कमजोर प्रदर्शन गर्दा पराजित भएको थियो । पहिलो खेलमा नेपाल श्रीलंकासँग ३-१ सेटमा पराजित भएको थियो भने दोस्रो खृलमा कीर्गिस्तानसँग ३-० को सेटमा पराजित भएको थियो ।

    अब शनिबार हुने कीर्गिस्तान र श्रीलंकाबीचको खेलपछि नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी तय हुनेछ ।कीर्गिस्तान र श्रीलंका दुवैले यसअघि दुई खेल जित्दै समान ४ अंक जोडेका छन् । यी दुई बीचको खेलमा पराजित हुने टोलीसँग नेपालले सेमिफाइनल खेल्नेछ ।

    सेमिफाइनलका दुवै खेल आउने आइतबार हुनेछ । फाइनल खेल सोमबार हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij