२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

आजदेखि बोलबममा जलापर्ण यात्रा तथा श्रावणी मेला सुरु

आजदेखि बोलबममा जलापर्ण यात्रा तथा श्रावणी मेला सुरु

आजदेखि बोलबममा जलापर्ण यात्रा तथा श्रावणी मेला सुरु

आजदेखि बोलबममा जलापर्ण यात्रा तथा श्रावणी मेला सुरु

आजदेखि बोलबममा जलापर्ण यात्रा तथा श्रावणी मेला सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण ६ २०८१
आइतवार, श्रावण ६ २०८१
  • अनिता चौधरी - सैनामैना । श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामको श्रावणी जलापणर् यात्रा तथा श्रावणी मेला आजदेखि सुरु हुँदैछ । 


    रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ मा रहेको पश्चिम नेपालकै प्रमुख ऐतिहासिक, धार्मिक, एवम् पुरातात्तिक महत्वको प्रसिद्ध तिर्थस्थलका रूपमा परिचित पर्रोहा परमेश्वर शिव ज्यातिर्लिङ्ग बोलबम धामको श्रावणी मेलासँगै जलापणर् कार्यक्रम आजदेखि सुरु हुँदैछ ।  


    पर्रोहा बोलबम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबली चौधरीले गुरु पूणर्िमादेखि सुरु हुने जलार्पण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समेत जानकारी गराए । चौधरीका अनुसार आजदेखि सुरु हुने जलापणर् कार्यक्रमको सैनामैना नगरपालिकाका उप-प्रमुख विना रानाले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
    पश्चिमको पशुपतिनाथको नामले समेत पहिचान बनाएको बोलबम धाममा जलापणर् कार्यक्रम भाद्र ३ गते जनैपूणर्िमासम्म चल्नेछ ।  


    विशेष गरी साउन महिनाको सोमबारका दिन पहेँलो गेरुवावस्त्र धारण गरी, खाली खुट्टा बोलबमको मन्त्र जप्दै यात्रागरी धामको शिव ज्योतिर्लिङ्गमा पवित्र गंगाजल अपणर् गरेमा पुण्य प्राप्ती हुने र बाढी पहिरो, नदीकटान, भूक्षय जस्ता प्राकृतिक प्रकोप र वर्षायामा लाग्ने विभिन्न रोग व्याधिबाट मुक्ति  मिल्ने जन विश्वास रहेको छ ।


    हरेक वर्ष साउन महिनाभर नेपाल श्रावण महिनाभर कपिलवस्तुको लक्ष्मण घाट, रुपन्देहीको रामघाट, तनहुँको देवघाट, नवलपरासीको त्रिवेणी, गुल्मीको रिडी, पाल्पाको राम्दी, मुस्ताङको मुक्तिनाथ, प्यूठानको स्वर्गद्वारी, काठमाडाँैको सुन्दरीजल, पशुपतिनाथलगायतका स्थानहरुबाट गंगाजल ल्याई शिव मन्दिरमा जलापणर् गर्नेको घुइँचो लाग्छ भने भारतका गंगा, जमुना, काशी, गया, हरिद्धारलगायतका स्थानहरुबाट पनि उल्लेख्य मात्रामा श्रदालु भक्तजनहरुले जलापणर् गर्ने गर्दछन् । 


    धाम व्यवस्थापन समितिका अनुसार यस वर्ष पनि करिब ३   लाख बढी भक्तजनले बोलबम धाममा जलापणर् गर्ने अपेक्षा छ ।


    पहिलो चरणको जलापणर् कार्यक्रमअन्तर्गत साउन ६ गते आइतबार कपिलवस्तुको वाणगंगा लक्ष्मण घाटबाट सत्संग, भजन किर्तन गर्दै जल ल्याई साउन ७ गते बोलबम धाममा जलापणर् गरिने अध्यक्ष चौधरीले जानकारी दिए ।


    यस्तै साउन १२ गते सैनामैना-३ मा अवस्थित धार्मिक क्षेत्र कालिरहबाट पैदल यात्रा, साउन १५ देखि १८ गतेसम्म नवलपरासीको त्रिवेणी धाम,  साउन २२ देखि २४ गतेसम्म म्याग्दी गलेश्वरधाम र  साउन ३० गते गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडी रूरू क्षेत्रतर्फ प्रस्थान गरी ३१ गते धाममा आइ जलापणर् गर्नेछन् । 


    कार्यक्रममा साउन महिनाभर लाग्ने श्रावणी मेलामा २ सय बढी स्टल रहनेछन् । भक्तजनहरुलाई सहज रुपमा दर्शन गर्न र भिडभाडलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था समेत मिलाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

    श्रावणी मेलालाई भब्य बनाउन १५ जना संयोजक तोकेर विभिन्न समिति, उप-समिति गठन गरी जिम्मेवारी तोकिएको समेत समितिले जानकारी गराएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij