२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

साउने सोमवारको व्रत आजदेखि शुरु

साउने सोमवारको व्रत आजदेखि शुरु

साउने सोमवारको व्रत आजदेखि शुरु

साउने सोमवारको व्रत आजदेखि शुरु

साउने सोमवारको व्रत आजदेखि शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण ७ २०८१
सोमवार, श्रावण ७ २०८१
  • काठमाण्डौ । सौरमासअनुसार पहिलो साउने सोमवारको व्रत आज सोमवारदेखि शुरु हुने भएको छ ।

    आज सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमवार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा.डा.देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमवार व्रत लिनुपर्ने कुरा सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताए ।

    साउन महिना भगवान् शिवको महिना र सोमवार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । पशुपतिनाथ लगायतका शिव मन्दिरमा साउनको सोमवारका दिनमा  भक्तजनको भिड लाग्छ ।

    पशुपति क्षेत्रमा साउने सोमवारका लागि सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।  साउनको सोमवार पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लामको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको जानकारी पनि उनले दिए ।

    पशुपतिनाका चारै ढोका आज बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिएको छ । साउनको सोमवार पशुपति क्षेत्रमा ११ संस्थाका स्वयंसेवक खटाइएको छ । विभिन्न संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, खोजखबरको कक्ष पनि सञ्चालन गर्न लागेका छन् । साउनको सोमवार पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

    साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भिड लाग्ने गर्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij