२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

पाल्पाको दरबारको विषयमा राजनीतिक दल र सेनाको विवाद के हो ?

पाल्पाको दरबारको विषयमा राजनीतिक दल र सेनाको विवाद के हो ?

पाल्पाको दरबारको विषयमा राजनीतिक दल र सेनाको विवाद के हो ?

पाल्पाको दरबारको विषयमा राजनीतिक दल र सेनाको विवाद के हो ?

पाल्पाको दरबारको विषयमा राजनीतिक दल र सेनाको विवाद के हो ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ ७ २०८१
सोमवार, जेठ ७ २०८१
  • कृष्ण पोखरेल । पाल्पा
    पाल्पाका सबै राजनितिक दलहरुले  पाल्पा दरवार संग्रहालय परिसरको निमार्णधिन पर्खाल  नेपाली सेनाको ठाडो आदेशमा रोकेको भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष आपत्ती जनाएका छन । पाल्पा दरवार सग्रहाल परिसरको जिल्ला प्रशासन देखी शितलपाटी सम्मको १ सय २० मिटर ढुङ्गे पर्खाल संघिय र प्रदेश सरकार बाट निर्माण भईरहेको छ । शितलपाटी मोडमा नेपाली सेनाले आफ्नो लालपुर्जा भित्रको जग्गा केही मिचिएको भन्दै निर्माण कार्य पुरानै अवस्थामा गर्न भनेपछी विवाद देखिएको हो । 
    निर्माण व्यबसायीले सो क्षेत्रमा काम नगरेपछी पाल्पाका राजनितिक दलहरु नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पाटी, राष्ट्रिय प्रजातन्त्र पाटी, राष्ट्रिय जनमोर्चा नेपालले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले लाई भेटी  स्थानीय सरकारकाले मापदण्ड अनुसार नेपाली सेनाले सहजीकरण गर्नुपर्ने उल्टो रुपमा निर्माण कार्यमा रोक लगाएको भन्दै आपत्ती जनाएका हुन । 
    शितलपाटीको घुम्ती साघुरो हुदा पटक पटक ठुला दुर्घटना भएको सर्बदलिय सहमतीमा तानसेन नगरपालिकाको शहरी सडकको मापदण्ड अनुसार दरवारको पर्खाल निर्माणको क्रममा मोड सुधार मात्र गरेकोमा नेपाली सेनाले निर्माण कार्यमा अवरोध गर्नु जनभावना विपरित काम भएको प्रमुख जिल्ला अधिकारी संग राजनितिक दलका नेताहरुले गुनासो गरेका छन । नेपाली सेना पनि नेपाल सरकार एउटा अंग हो, नेपाली सेनाले पनि नेपाली जनताको लागी काम गर्ने हो, स्थानीय सरकारले निति नियम लाई नेपाली सेनाले पनि स्विकार गर्नुपर्ने भएकोले निर्माण कार्यलाई तत्काल सुचारु गर्ने अवस्था ल्याउन नेपाली काग्रेस पाल्पाका जिल्ला सभापती हिमाल दत्त श्रेष्ठले प्रमुख जिल्ला अधिकारी लाई आग्रह गरे । 
    नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले  पाल्पा दरवार लाई विश्व सम्पदा सुचीमा समावेश गर्ने भनेर विभिन्न किसिमबाट पुरातत्व विभाग देखी केन्द्र प्रदेश सरकार बाट विभिन्न काम भईरहेका छन, सोही अवस्था नेपाली सेनाले पर्खाल निर्माण सानो भागमा काम नै रोकेर प्रभावित गर्न खोज्नु पाल्पाली जनताको भावना विपरित भएको बताए । अध्यक्ष घिमिरेले तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ लाई फोन गरेर जनताका टहरा भत्काउने, तर अन्य पक्ष संग निरिह हुने गरी असमान व्यहार नगर्न अनुरोध गरे । 
    नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र विकले तानसेनको सुन्दरता नै दरवार हो, दरवार लाई व्यबस्थित सुन्दर, पर्यटक मैत्री बनाउन पाल्पाका राजनितिक दलहरु लागेका छन । तर दलहरुको असहमतीमै दरवार परिसरमा राष्ट्रिय अनुसन्धान, निशान भगवती मन्दिर लगायतका संरचना बनेता दरवार परिसरको पर्खाल निर्माणले जगाएको आशामा नेपाली सेनाले अवरोध गरेर जनताको भावना विपरित काम गरेको बताए । राष्टिय स्वतन्त्र पाटी पाल्पाका उपाध्यक्ष सुमन गैरेले दरवारको पर्खाल निर्माणमा भएको अवरोधको समाधान जिल्ला सुरक्षा निकायको प्रमुखको हिसावले प्रमुख जिल्ला अधिकारीले गर्नुपर्नेमा जोड दिए । 
    राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष डुल बहादुर कुवँरले दरवार संग्रहालय लाई गुरुयोजना अनुसार कार्यान्वयन गर्नको लागी हामीले लालपुर्जा भएको, जिल्ला समन्वय समिती, जिल्ला बाल संगठन, जिल्ला विधुत प्राधिकरण, राष्ट्रिय अनुसन्धान कार्यालयहरु लाई पूर्ण रुपमा हटाउन लागिरहेको समयमा नेपाली सेनाले बाटो निर्माणमा  अवरोध गर्नु राम्रो काम नभएको बताए । 
    राष्ट्रिय जनमोर्चा नेपालका जिल्ला अध्यक्ष विशाल दर्लामीले पाल्पा दरवार सग्रहालय देशकै गहना भएकोले गुरुयोजना अनुसार दरवारको विकास गर्नुपर्ने समयमा नेपाली सेनाले शितलपाटी मोडमा  स्थानीय सरकारको मापदण्ड अनुसार बाटो कायम गर्न नेपाली सेनाले अवरोध गर्नु गलत भएको बताए । Palpa Darbar.jpg
     तानसेन नगरपालिकाका नगर प्रवक्ता यादव सिंह कार्कीले दरवार क्षेत्रको बाटोको मापदण्ड ८ मिटर भएकोले सोही अनुसार सबैले कार्यान्वयन गर्नुपर्ने बताए । पुरानो संरचना रहदा सम्म नगरपालिकाले कोही कसैलाई जवरजस्ती नगर्ने तर नयाँ संरचना बनाउदा नगरपालिकाको मापदण्ड अनुसार सबैले संरचना बनाउनु पर्ने नगर प्रवक्ता कार्कीले जोड दिए । 
    संस्कृतीकर्मी राजेन्द्र गोपाल सिंहले राजनितिक दलहरुले प्रमुख जिल्ला अधिकारी समक्ष देखिएको समस्या समाधानको लागी अनुरोध गर्न प्रशानमा आएकोले चाडै समस्या समाधान हुनेमा विश्वस्त रहेको बताए । स सानो कुरामा नेपाली सेना र दलहरु विच द्धन्द्ध सिर्जना हुनु राम्रो हुदैन प्रजिअले समन्वय गरेर चाडो भन्दा चाडो निर्माण कार्य सुचारु गर्न सिंहले आग्रह गरे । प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले यर्थाथ कुराहरु बुझेर देखिएको समस्या समाधानको लागी आफुले पहल गर्ने बताए । 
    नेपाली सेना दि फिशेस महिन्द्र दल गण पाल्पाका गणपती भुपेन्द्र गुरुङले सो क्षेत्रमा नेपाली सेनाको ३ रोपनी जग्गा भएकोमा तानसेन नगरपालिका तथा प्रमुख जिल्ला अधिकारीको सरसल्लाहमा पुरानो बाटो भन्दा भित्र पर्खाल लगाउने गरी भएको सहमती अनुसार नै पर्खालको संरचना निर्माणको लागी अनुरोध गरेको बताए । नगरपालिका संग भएको सहमती भन्दा बढी नै भित्र गएर पर्खाल निर्माणको काम भएको हुदा, नेपाली सेनाको सुरक्षा गार्ड र मन्दिरको पुजारी बस्ने भवनमै ठुलो क्षती हुने अवस्था देखिएकोले सहमती अनुसारको पर्खाल निर्माण गर्न निर्माण व्यबसायी लाई अनुरोध मात्र गरेको गणपती गुरुङले बताए । निर्माण कार्यमा नेपाली सेनाले अवरोध गरेको कुरा दलहरुको बुझाईमा भ्रम वरेको गणपती गुरुङले बताए । दलहरुको भावना अनुसारको जग्गाको विषयमा आफुले निर्यण दिन सक्ने अवस्था नभएकोले माथिल्लो तहमा समन्वय गर्ने गणपती गुरुङले बताए । दरवार संग्रहालय निर्माणको पक्षमा विगत देखी नेपाली सेनाले सहयोग गर्दै आएको र भोलिका दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्दै जाने गणपती गुरुङले बताए । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij