२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जापानमा उदाउँदै ‘ब्लु ब्वाइज युनियन’, दुई वर्षमै सामाजिक सेवामा सशक्त पहिचान

जापानमा उदाउँदै ‘ब्लु ब्वाइज युनियन’, दुई वर्षमै सामाजिक सेवामा सशक्त पहिचान

जापानमा उदाउँदै ‘ब्लु ब्वाइज युनियन’, दुई वर्षमै सामाजिक सेवामा सशक्त पहिचान

जापानमा उदाउँदै ‘ब्लु ब्वाइज युनियन’, दुई वर्षमै सामाजिक सेवामा सशक्त पहिचान

जापानमा उदाउँदै ‘ब्लु ब्वाइज युनियन’, दुई वर्षमै सामाजिक सेवामा सशक्त पहिचान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  •  

    ओसाका, जापान । जापानमा नेपाली समुदायको संख्या बढेसँगै सामाजिक सेवाका क्षेत्रमा सक्रिय संघ–संस्थाहरूको संख्या पनि बढिरहेको छ। यही क्रममा ओसाकामा स्थापना भएको ब्लु ब्वाइज युनियन (BBU) ले छोटो समयमै सामाजिक, सांस्कृतिक, शैक्षिक तथा मानवीय सेवाका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।

    सन् २०२४ अगस्ट २४ मा स्थापना भएको ब्लु ब्वाइज युनियनले प्रवासमा रहेका नेपाली युवाहरूको ज्ञान, सीप र क्षमतालाई सामाजिक सेवामा प्रयोग गर्ने उद्देश्यसहित आफ्ना गतिविधि अघि बढाउँदै आएको छ। संस्थाको मूल नारा ‘क्रान्तिका लागि एकता’ (Unity for Revolution) रहेको छ।

    संस्थाको नाममा रहेको ‘ब्लु’ शब्दले जेब्रा क्रसिङमा प्रयोग हुने निलो संकेतलाई जनाउने बताइएको छ। सुरक्षित, अनुशासित र सही मार्गमा अघि बढ्ने सन्देशलाई आत्मसाथ गर्दै चुनौतीहरू सामना गरेर लक्ष्यतर्फ अघि बढ्ने युवाहरूको साझा एकताको प्रतीकका रूपमा संस्थाको नाम ‘ब्लु ब्वाइज युनियन’ राखिएको हो।

    स्थापनापछि संस्थाले ओसाकास्थित चुरुमी र्योउकुचि पार्कमा रहेको नेपाली मन्दिरको सरसफाइबाट सामाजिक अभियान सुरु गरेको थियो। हाल वर्षमा कम्तीमा दुई पटक सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका सचिव अनिल पाण्डेले बताए।

    संस्थाले रक्तदान कार्यक्रम, विद्यार्थी लक्षित शैक्षिक परामर्श तथा अभिमुखीकरण कार्यक्रमलगायतका गतिविधि पनि सञ्चालन गर्दै आएको छ। जापानमा रहेका नेपाली विद्यार्थी, SSW (Specified Skilled Worker), Working Visa, पारिवारिक तथा दक्ष कामदार भिसामा रहेका नेपालीहरूलाई आवश्यकताअनुसार सहयोग तथा परामर्श प्रदान गर्दै आएको संस्थाले जनाएको छ।

    परदेशमा रहे पनि नेपाली भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने उद्देश्यले संस्थाले दशैं, तिहार, तीज, ढाका टोपी दिवस तथा नेपाली नयाँ वर्षजस्ता अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।

    जापानमा हुर्किरहेका नेपाली बालबालिकालाई नेपाली भाषा, संस्कृति, चाडपर्व तथा परम्परासँग जोड्ने उद्देश्यले नेपाली भाषा तथा संस्कृति सम्बन्धी गतिविधिलाई पनि संस्थाले प्राथमिकतामा राखेको छ। यसै क्रममा ‘नेपालदेखि जापानसम्म—ज्ञानको यात्रा’ भन्ने अवधारणासहित ‘पुस्तक पढौँ’ अभियान समेत सुरु गर्ने लक्ष्य पनि लिएको छ।

    जापानमा नेपाली समुदाय विस्तार हुँदै जाँदा दुर्घटना, स्वास्थ्य समस्या, आकस्मिक विपत्ति तथा असामयिक निधनजस्ता घटनामा नेपालीहरू प्रभावित हुने गरेका छन्। यस्तो अवस्थामा पीडित व्यक्ति तथा परिवारलाई राहत पुर्‍याउने उद्देश्यले संस्थाले सदस्यहरूको स्वेच्छिक आर्थिक योगदानमार्फत सहयोग गर्दै आएको छ।

    निवर्तमान अध्यक्ष बासुदेव लामिछानेका अनुसार, संस्थाले दुई वर्षको अवधिमा जापान तथा नेपालमा स्वास्थ्यलगायत विभिन्न समस्यामा परेका नेपालीहरूलाई करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ।

    संस्था स्थापनाको दुई वर्षसम्म अध्यक्षको जिम्मेवारी बासुदेव लामिछानेले सम्हालेका थिए। हालै सम्पन्न प्रथम महाधिवेशनबाट मोहन कुँवर अध्यक्षमा चयन भएका छन्।

    नयाँ नेतृत्वले संस्थालाई अझ व्यवस्थित, पारदर्शी, उत्तरदायी र परिणाममुखी बनाउने लक्ष्य अघि सारेको छ। संस्थाले पदीय जिम्मेवारीभन्दा टिमवर्क, सामूहिक नेतृत्व, पारदर्शिता र आपसी सहकार्यलाई प्राथमिकता दिने जनाएको छ।

    आगामी दिनमा नेपाली विद्यार्थीका लागि अभिमुखीकरण, बालबालिकाका लागि नेपाली भाषा तथा संस्कृति कक्षा, नियमित रक्तदान, सरसफाइ अभियान, आपत्कालीन सहयोग कोषको सुदृढीकरण, खेलकुद तथा सांस्कृतिक कार्यक्रमलगायतका गतिविधिलाई निरन्तरता दिने संस्थाको योजना रहेको पनि नवनिर्वाचित अध्यक्ष मोहन कुँवरले बताए।

    त्यसैगरी जापानमा रहेका नेपाली तथा जापानी संघ–संस्थासँग सहकार्य विस्तार गर्दै संयुक्त सामाजिक तथा जनहितका कार्यक्रम सञ्चालन गर्ने र भविष्यमा नेपालमा समेत संस्थाका गतिविधि विस्तार गर्ने लक्ष्य ब्लु ब्वाइज युनियनले लिएको छ।

    दुई वर्षको अनुभव र उपलब्धिलाई आधार बनाउँदै नयाँ नेतृत्वसहित अघि बढेको ब्लु ब्वाइज युनियनले आगामी दिनमा सामाजिक सेवामार्फत नेपाली समुदायलाई थप जोड्ने र सकारात्मक परिवर्तनका लागि सामूहिक अभियानलाई सशक्त बनाउने लक्ष्य लिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij