२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सरकार प्रमुखका रूपमा मोदीको २५ वर्ष पूरा

सरकार प्रमुखका रूपमा मोदीको २५ वर्ष पूरा

सरकार प्रमुखका रूपमा मोदीको २५ वर्ष पूरा

सरकार प्रमुखका रूपमा मोदीको २५ वर्ष पूरा

सरकार प्रमुखका रूपमा मोदीको २५ वर्ष पूरा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेका छन् । मोदीले सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेकोमा भारतको केन्द्रीय मन्त्रिपरिषद्ले उनलाई बधाई दिँदै प्रस्ताव पारित गरेको छ ।

    मोदी सन् २००१ अक्टोबर ७ मा पहिलोपटक गुजरातको मुख्यमन्त्री बनेका थिए । त्यसपछि सन् २०१४ मा संघीय सरकारको प्रधानमन्त्री बनेका उनले आज सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेका हुन् ।

    सूचना तथा प्रसारणमन्त्री अश्विनी वैष्णवले मोदीको २५ वर्षे कार्यकाल भारतीय लोकतन्त्रको सामर्थ्य र परिपक्वताको प्रमाण भएको बताएका छन् । 

    सामान्य परिवारबाट आएका व्यक्तिले आफूलाई राष्ट्रसेवामा समर्पित गरी निरन्तर देशको नेतृत्व गर्नु लोकतन्त्रको जीवन्तताको उदाहरण भएको उनको भनाइ छ । 

    वैष्णवले मोदीले लोकतान्त्रिक शासन व्यवस्थामा अद्वितीय इतिहास बनाएको बताएका छन् । उनको कार्यशैली, नीति र स्पष्ट उद्देश्यका कारण निरन्तर जनसमर्थन प्राप्त भएको मन्त्रीको भनाइ छ ।

    मन्त्रिपरिषद्को प्रस्तावका १० प्रमुख बुँदामध्ये पहिलो बुँदामा मोदीले गुजरातमा अघि सारेको विकासको दृष्टिकोणलाई देशभर विस्तार गरिएको विषय समेटिएको छ । न्युजअनएयरबाट ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij