२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

विश्व ज्योतिष महासङ्घद्वारा नन्दिनी  गौशालामा  सहयोग

विश्व ज्योतिष महासङ्घद्वारा नन्दिनी  गौशालामा  सहयोग

विश्व ज्योतिष महासङ्घद्वारा नन्दिनी  गौशालामा  सहयोग

विश्व ज्योतिष महासङ्घद्वारा नन्दिनी  गौशालामा  सहयोग

विश्व ज्योतिष महासङ्घद्वारा नन्दिनी  गौशालामा  सहयोग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  •  


    बुटवल । विश्वज्योतिष महासङ्घ लुम्बिनी प्रदेश समितिले बुटवल उ.म.न.पा. को शिवनगर सामुदायिक वनमा अवस्थित नन्दिनी गौशालामा रहेका गौवंशहरूलाई गोग्रास तथा व्यवस्थापनका विभिन्न जिन्सी सामगरि र  रु. ५१,०००।-  प्रदान गरेको छ ।

    गोग्रास अर्पण एवं सहयोग प्रदान कार्यक्रममा विशिष्ट अतिथि विश्वज्योतिष महासङ्घका केन्द्रीय सल्लाहकार स्थानेश्वर देवकोटा, नेपाल ज्योतिष परिषद् का केन्द्रीय सदस्य सुन्दर भण्डारी, गोरक्ष अभियन्ता पं पुरुषोत्तम पाण्डेलगायतले बोल्दै बुटवल उपमहानगरपालिकाबाट सन्चालित नन्दिनी गौशाला हामी सबैको साझा गौशाला भएकाले  एवं गाई राष्ट्रिय जनावर मात्र नभई हामी सबै सनातनीहरूको आस्थाको केन्द्र रहेकाले  पनि सबै जना जुटेर गौसंरक्षणमा लाग्नुपर्ने बताउनुभयो। नगरप्रमुख खेलराज पाण्डेले गुरुहरू एवं धार्मिक क्षेत्रबाट यसरी  एवं सहयोग प्राप्त हुँदा  गौशाला सन्चालन गरेदेखिको सबैभन्दा खुशीको क्षण भएको र अझै गौसेवा गर्न उत्प्रेरणा मिलेको    बताउनुभयो ।

    अन्य वक्ताहरूले  गौसंरक्षण कार्य जनमानसको आस्थासँग जोडिएकाले यसको उन्नयनका लागि ज्योतिष पण्डित समाजले चेतना जगाउने कार्य नैतिक जिम्मेवारीका साथ गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो।  

    नगरप्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्य एवं विश्वज्योतिष महासङ्घ लुम्बिनी प्रदेश समितिका  सभापति  ज्यो. जनार्दन न्यौपानेको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा  स्वागत मन्तव्य आचार्य कूरेश पाण्डेले र  कार्यक्रमको सन्चालन महासचिव  योगाचार्य कमल पौडेलले  गर्नुभएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij