बुटवल । फर्निचर उद्योग संघ रुपन्देहीको २७औँ वार्षिक साधारणसभा आगामी कात्तिक १४ गते शनिबार हुने भएको छ।
संघका अध्यक्ष जिवकान्त काफ्लेले साधारणसभाबारे जानकारी दिँदै संघको विधानअनुसार वार्षिक साधारणसभा आयोजना गर्न लागिएको बताए। उनले साधारणसभामा उपस्थित भई सक्रिय सहभागिता जनाउन संघका सम्पूर्ण सदस्यलाई आग्रह गरेका छन्।
संघले जारी गरेको सूचनाअनुसार साधारणसभामा कुनै प्रस्ताव पेस गर्नुपर्ने भएमा कात्तिक २९ गतेभित्र कार्यालय समयमै लिखित रूपमा संघको सचिवालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ।
साधारणसभालाई प्रभावकारी बनाउन सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको अध्यक्ष काफ्लेले बताए।




