लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । जापानका भिक्षु दोरिम गुरुद्वारा स्थापित छात्रवृत्ति प्रदान गरिएको हो । सो अबसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी प्रभाको विमोचन गरेका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको बुद्धजन्यतीको अवसरमा आयोजना गरेको पुस्तक विमोचन तथा छात्रवृत्ति वितरण कार्यक्रममा बाेल्दै उपाध्यक्ष लामाले लुम्बिनी प्रभाले विश्वलाई लुम्बिनीलाई चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्
लुम्बिनी प्रवाहले लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह (पण्डितपुर) लगायत क्षेत्रहरुको महत्त्वलाई उजागर गरेको बताएका छन् । आगामी दिनमा थेरवाद, महायान र बज्रयान सम्प्रदायमा बुझ्ने गरि यस्तै पुस्तक प्रकाशन गर्न समेत आग्रह गरेका छन् । बुद्धदर्शन बारे गहिरो अनुसन्धान र अभ्यास गरेर पुस्तकहरु प्रकाशन गरेमा व्यक्तिगत रुपमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
लुम्बिनी बौद्धविश्वविद्यालय र लुम्बिनी विकास कोष एक सिक्काको दुईपाटा रहेको भन्दै उपाध्यक्ष डा. लामाले विश्वविद्यालयका प्राध्यापक, शिक्षक कर्मचारी र विद्यार्थीहरुको मनाेवल थप उचाे बनाएर सिर्जनशील हुदै अगाडि बढाउने बताए ।
कार्यक्रममा विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्ले, क्याम्पस प्रमुख डा. निरबहादुर गुरुङ, प्रा. डा विमलेन्द्र कुमार, सिटी क्याम्पस प्रमुख फनिन्द्र कुमार न्यौपाने, प्राध्यापक संघका अध्यक्ष गुनाखर गैरे, उपप्राध्यापक सञ्जय शाक्य, प्रशासन प्रमुख चुरामणि पोखरेल, बुफवा जुन्साका प्रतिनिधि अर्जुन पौडेल, सहायक प्राध्यापक अञ्जु खनाल लागतले बोलेका थिए ।




