२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

कलौनी चोकमा गौतमबुद्ध स्मारक पार्कको निर्माण कार्य सुरु

कलौनी चोकमा गौतमबुद्ध स्मारक पार्कको निर्माण कार्य सुरु

कलौनी चोकमा गौतमबुद्ध स्मारक पार्कको निर्माण कार्य सुरु

कलौनी चोकमा गौतमबुद्ध स्मारक पार्कको निर्माण कार्य सुरु

कलौनी चोकमा गौतमबुद्ध स्मारक पार्कको निर्माण कार्य सुरु
बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • अनिता चौधरी 
    सैनामैना 
    सैनामैनाको कलौनी चोकमा गौतमबुद्ध स्मारक पार्कको निर्माण कार्य सुरु गरिएको छ । 
    दुधराक्ष युवा क्लबको पहलमा सैनामैना नगरपालिका वडा नं. ६ स्थिति कलौनी चोकमा भगवान गौतमबुद्धको स्मारक पार्क बनाउन सुरु गरिएको हो ।


    मंगलबार सैनामैना नगरपालिकाका मेयर फणीन्द्रप्रसाद शर्माले गौतमबुद्ध स्मारक पार्क निर्माण कार्यको शिलान्यास गरे  । उनले शान्तिको प्रतीक बुद्धको सन्देश दिन बुद्ध पार्कले लुम्बिनी र सैनामैनाको प्रचारप्रसारमा सहयोगी बन्ने बताए । 


    गौतम बुद्ध स्मारकपार्कले सैनामैनालाई लुम्बिनीसँग जोड्ने  हुनाले पार्क निर्माणमा नगरपालिकाले साझेदारी गर्ने प्रतिबद्धता आवश्यक सहयोग रहने समेत नगरप्रमुख शर्माको भनाइ छ ।


    उनले भने–‘पूर्वपश्चिम राजमार्ग आवतजावत गर्ने यात्रुलाई लुम्बिनी जान पार्कले प्रेरित गर्नुका साथै लुम्बिनी पुग्न यात्रीका लागि सहज हुनेछ । पर्यटकहरु सैनामैना हँदै लुम्बिनी आवतजावत गर्दा आर्थिक गतिविधि चलायमन हुने व्यापार बढ्ने, धार्मिका सहिष्णुता कायम हुने र पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने छ ।’  


    गौतमबुद्ध स्मारक पार्क निर्माणले सैनामैनाको आकर्षण र विकासमा ठूलो आयम थप्ने  सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाले बताइन । उनले सबैको साझा प्रयासले सानोदेखि ठूलो काम गर्न सकिने उदाहरण  दुधराक्ष युवा क्लबले दिएको बताइन । 
    लुम्बिनी प्रदेश पूर्व सांसद फकारुदिन खानले दुधराक्ष युवा क्लब यो सानो प्रयासले यस ठाउँ विकासको उचाइलाई माथि पु¥याउने विश्वास व्यक्त गरे । 


    विश्वसामु परिचीत शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई अध्यात्मिक र धार्मिक स्थलको रुपमा  पर्यटकहरु धर्म र यात्रा गर्न आउने हुनाले बुद्ध पार्कले सैनामैनालाई लुम्बिनीसँग जोड्दा पर्यटकहरु सैनामैनासम्म आउने वातावरण सिर्जना हुने हुनाले नगरको धार्मिक र पर्यटन विकास हुने विश्वास उनले व्यक्त गरे ।


    कार्यक्रममा सैनामैना नगरपालिकाका पूर्व नगरप्रमुख चित्रबहादुर कार्की, मानवअधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द खनाल, सैनामैना नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गोपाल पोख्रेलले बोल्दै आफ्नो ठाउँ आफैँ बनाउ भन्ने अभियानमा लाग्यौ भने पक्कै पनि सफल बनिन्छ भने एक उदाहरण दुधराक्ष युवा क्लबले स्थापित गरेको बताएका थिए । सन्देश बोकेको यस कार्यक्रमले सैनामैनाको समग्र विकासको निम्ति सबैजना एकजुुट छन् भन्ने सन्देश दिएको उनको भनाइ थियो । लुम्बिनीको नजिकमा रहेको सैनामैनाको विकासमा यो बुद्ध स्मारक पार्कले  पर्यटन विकास र समग्र सैनामैनाको विकासमा टेवा पुग्ने उनले बताए ।  

    स्मारक निर्माणको लागि लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले भगवान बुद्धको मूर्ति निर्माण गर्नका लागि आर्थिक सहयोग गरेका हुन् । बौद्ध स्मारकमा भगवान बुद्धको मूर्ति निर्माण गर्नका लागि १ लाख ५० हजार रुपैयाँ प्रदान समेत उनले गरेका छन् ।


    २२ लाख रुपैयाँको लागतमा निर्माणको जिम्मा पाएको पर्राेहा विल्डर्सले डेढ महिनामा निर्माण सप्पन्न गर्ने दुधराक्ष युवा क्लबका अध्यक्ष किरण पोख्रेलले जानकारी गराए । 


    स्मारक १८ फिटको गोलाआकारको हुने छ भने बीचमा नेपालको राष्ट्रिय झण्डासहित विश्व शान्तिका अग्रदुत भग्वान गौतमबुद्ध मूर्ति रहने छ । उक्त स्मारकको डीपीआर ई. उमेश काफ्लेले बनाएका हुन् ।
    शिलान्यास कार्यक्रम क्लबका उपाध्यक्ष सुनिल पोख्रेलको  स्वागत तथा सचिव पदम पाण्डेको सञ्चालनमा सप्पन्न भएको थियोे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij