२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नियमित रक्तदानमा ६३ युनिट रगत संकलन

नियमित रक्तदानमा ६३ युनिट रगत संकलन

प्रायाेजक सहित बिभिन्न ब्यक्तिहरुलाइ सम्मान

नियमित रक्तदानमा ६३ युनिट रगत संकलन

नियमित रक्तदानमा ६३ युनिट रगत संकलन

प्रायाेजक सहित बिभिन्न ब्यक्तिहरुलाइ सम्मान

नियमित रक्तदानमा ६३ युनिट रगत संकलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण १९ २०८१
शनिवार, श्रावण १९ २०८१
  • बुटवल । रुपन्देहीमा रक्तदान अभियान चलाएको नेपाल नियमित रक्तदाता संघ केन्द्रिय समितिले आफनो नियमित रक्तदान तथा नवनिर्वाचित प्रदेशका होटल ब्यवसायीहरुलाई सम्मान कार्यक्रम गरेको छ ।

    नेपाल रेडक्रस सोसाईटी, रक्त सेवा संचार केन्द्र बुटवलमा शनिबार भएको होटल ब्यवसायी महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेसनबाट निवार्चित अध्यक्ष महेन्द्र श्रेष्ठ, महासचिव गणेश बेल्बासे, सहसचिव लिलाधर भट्टराई र सदस्य मोहनलाल पाण्डेलाई नेपाल नियमित रक्तदाता संघ केन्द्रिय समितिका अध्यक्ष दया बहादुर सिलवाल, उपाध्यक्ष महेश खनाल, संयोजक तथा केन्द्रिय वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, महासचिव दिपक अधिकारी, कोषाध्यक्षसहित पदाधिकारी, सदस्यहरु तथा एशियन होटलका संचालक शोभाखर बन्जाडेले सम्मानपत्र, खादा ओढाएर सम्मान गरिएको हो ।

    कार्यक्रममा होटल ब्यवसायी महासंघ लुम्बिनी प्रदेशका निवार्चित अध्यक्ष महेन्द्र श्रेष्ठले रक्तदान अभियानमा ब्यवसायीबाट सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

    कार्यक्रममा अध्यक्ष दया बहादुर सिलवालले रक्तदानलाई टोलटोलमा एक घर एक रक्तदान अभियान चलाउनुपर्ने बताए । नेपालको कुल जनसंख्याको ३ प्रतिशतबाट मात्र रक्तदान भए माग पर्याप्त हुने उनले बताए । अझै पनि कुनकाप्चामा रक्तदानको महत्व बुझाउन नसकिएको उनले दुखेसो गरे ।

    कार्यक्रममा रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग र एशियन होटल बुटवल कालिकानगरको प्रायोजनमा भएको रक्तदान कार्यक्रममा ६३ युनिट रगत संकलन भएको संयोजक लेखनाथ भण्डारीले बताए ।

    समितिमा ३ सय बढी आजिवन सदस्यहरु आवद्ध रहेको उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij