२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नवलपरासीमा ३३ लाख बराबरका माेबाईल बरामद

नवलपरासीमा ३३ लाख बराबरका माेबाईल बरामद

नवलपरासीमा ३३ लाख बराबरका माेबाईल बरामद

नवलपरासीमा ३३ लाख बराबरका माेबाईल बरामद

नवलपरासीमा  ३३ लाख बराबरका माेबाईल बरामद
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शनिवार, श्रावण १९ २०८१
शनिवार, श्रावण १९ २०८१
  • परासी  ।   पश्चिम नवलपरासीमा शसस्त्र प्रहरीले भन्सार छलेर लैजादै गरेकाे माेबाईल बरामद गरेकाे छ ।

    नवलपरासीकाे सरावल गाउँपालिका- ४ बडसारबाट शसस्त्र प्रहरी हरपुर गुल्मबाट खटिएकाे गस्ती टाेलीले शनिबार बिहान ८८ थान माेबाईल बरामद गरेकाे हाे ।

    भन्सार छलेर लैजादै उक्त  ३३ लाखबराबरकाे माेबाईल मूल्य रहेकाे शसस्त्र प्रहरीले जनाएको  छ । भारतीय माेटरसाईकलमा चढेर आएका व्यक्तीले झाेलामा राखेर लैजादै गरेकाे माेबाईल बरामद गरिएकाे शसस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण नवलपरासीका सूचना अधिकारी डिएसपी यज्ञमान साउदले जानकारी दिए ।

    बरामद गरिएका माेबाईलमा ४० थान आईफाेन  र ४८ थान पाेकाे नामक ब्राण्डका रहेका छन् । बरामद भएका माेबाईलकाे मूल्य ३२ लाख ७० हजार रहेकाे छ । बरामद माेबाईल र माेटरसाईकललाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएकाे छ ।

    काराेबारमा संलग्न व्यक्ति भने गस्ती टाेलीले घेरा हाल्ने संकेत पाएपछि झाेलासहितकाे माेटरसाईकल छाडेर भागेकाे  डिएसपी साउदले बताए । साउन महिनाकाे अहिलेसम्म भन्सार छलि ल्याएका लत्ता कपडा,चिनी, हार्डवेयरलगायतका कुल ८५ लाख ५१ हजारका सामान बरामद गरेर भन्सार पठाइएकाे शसस्त्र प्रहरीले जनाएकाे छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij