२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : गैरे र पौडेलका प्यानल घरदैलोमा

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : गैरे र पौडेलका प्यानल घरदैलोमा

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : गैरे र पौडेलका प्यानल घरदैलोमा

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : गैरे र पौडेलका प्यानल घरदैलोमा

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : गैरे र पौडेलका प्यानल घरदैलोमा
विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
शनिवार, आश्विन २४ २०८३
शनिवार, आश्विन २४ २०८३
  • बुटवल । बुटवल उद्योग वाणिज्य संघको २६औँ अधिवेशन नजिकिँदै गर्दा चुनावी सरगर्मी बढेको छ। अध्यक्ष पदका प्रत्याशी टंकप्रसाद गैरे र नरिश्वर शर्मा पौडेल नेतृत्वका प्यानल मतदाता भेटघाटका लागि घरदैलो अभियानमा जुटेका छन्।

    निर्वाचनलाई लक्षित गर्दै दुवै प्यानलले व्यवसायीका पसल तथा प्रतिष्ठानमा पुगेर मतदाता भेटघाट र समर्थन जुटाउने अभियानलाई तीव्रता दिएका हुन्।

    घरदैलोका क्रममा उम्मेदवारहरूले व्यवसायीका समस्या, आवश्यकता र अपेक्षा बुझ्दै आफ्ना एजेन्डा तथा प्रतिबद्धता मतदातामाझ राखिरहेका छन्। व्यवसायीको हकहित संरक्षण, व्यावसायिक वातावरण सुधार र संघलाई थप प्रभावकारी बनाउने विषय चुनावी प्रतिस्पर्धाका महत्त्वपूर्ण पक्ष बनेका छन्।

    निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू मतदाता रिझाउन सक्रिय बनेका छन्। दुवै प्यानलको घरदैलो अभियानसँगै बुटवलको व्यावसायिक वृत्तमा चुनावी चर्चा र चासो बढ्दै गएको छ।

    काे काे छन् उम्मेद्वार ?

    संघको अध्यक्ष पदमा टंकप्रसाद गैरे र नरिश्वर शर्मा पौडेलको उम्मेदवारी छ । अध्यक्षमा उम्मेदवारी दिएका पौडेल संघका पूर्व वाणिज्य उपाध्यक्ष एवं मौजुदा समितिका कार्यसमिति सदस्य हुन् भने गैरे मौजुदा समितिका वरिष्ठ उपाध्यक्ष हुन् ।
    वरिष्ठ उपाध्यक्ष पदमा बिमलराज भट्टराई र सुरज भट्टराईको उम्मेदवार छन् । 
    त्यसैगरी उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ र निर्मित कसजु तथा वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मुक्तिप्रसाद अधिकारी मैदानमा छन् । 
     
    महासचिव पदमा बसन्तप्रसाद ढकाल र जमुना पौडेल , त्यस्तै कोषाध्यक्ष पदमा प्रतिक पोखरेल (शर्मा) र टिकाराम वञ्जाडे,  सचिव पदमा दिपकप्रसाद चापागाई र काशिराम शर्मा पौडेल तथा सहकोषाध्यक्ष पदमा जाकिर हुसेन र कमला पोख्रेल शर्मा पराजुली उम्मेदवार छन् । 
     
    एशोसियट कार्यसमिति सदस्य पदमा बालकृष्ण पौडेल र भाुनभक्त खत्री (भानु)को उम्मेदवार छन् भने ४ उद्योग सदस्य पदमा ८ जनाको उम्मेद्वार छन । उद्योग सदस्य पदका लागि दिपक बास्तोला, गोपाल टण्डन, ज्ञानबहादुर पुन, ज्ञानप्रसाद खनाल, कृष्णप्रसाद पाण्डेय, प्रबिन्द्र गोविन्द श्रेष्ठ (पिजि), लेखनाथ भण्डारी, सुनिता शर्मा वञ्जाडे उम्मेदवार छन ।
     
    त्यस्तै ४ बाणिज्य सदस्य पदमा पनि ८ जना उम्मेदवार छन् । वाणिज्य सदस्य पदमा गणेशप्रसाद भट्टराई, धर्मेन्द्रकुमार कशौधन, मनिषकुमार हेजू (पुट्टे), मिलनकुमार भारी, राजेश भट्टराई, रामबहादुर भण्डारी, सुनिता गिरी र उमेश अमात्य उम्मेदवार छन ।
     
    त्यसैगरी ७ खुल्ला कार्यसमिति सदस्य पदमा १४ जना उम्मेद्वार छन् । । खुल्लाबाट कार्यसमिति सदस्य पदमा अलिम दिन, बिजयकुमार बर्णवाल, बिष्णु घिमिरे पन्थ (कमला), विष्णु उपाध्याय, दिपक घिमिरे, गणेशप्रसाद सेढाई, गोपालप्रसाद बस्याल, सुनिता अर्याल, जनककुमार श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ (कुलप्रसाद), प्रदिप शाक्य, शिवदेव अर्याल, सुशिलप्रसाद श्रेष्ठ र ठाकुर घिमिरे मैदानमा छन् । 
     
    २ महिला सदस्य पदमा ४ जना उम्मेद्वार छन् । महिला कार्यसमिति सदस्य पदमा मञ्जु पुरी गिरी, रेनु श्रेष्ठ, सुस्मा केसी र सुकमाया श्रेष्ठ ध्वजु (सिता)को उम्मेदवार छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij