२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आस्थममा २० औं ब्याचका विद्यार्थीलाई स्वागत र १८औं ब्याचलाई विदाई

आस्थममा २० औं ब्याचका विद्यार्थीलाई स्वागत र १८औं ब्याचलाई विदाई

आस्थममा २० औं ब्याचका विद्यार्थीलाई स्वागत र १८औं ब्याचलाई विदाई

आस्थममा २० औं ब्याचका विद्यार्थीलाई स्वागत र १८औं ब्याचलाई विदाई

आस्थममा २० औं ब्याचका  विद्यार्थीलाई स्वागत र १८औं ब्याचलाई विदाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आश्विन २४ २०८३
शनिवार, आश्विन २४ २०८३
  • बुटवल । बुटवलकै पुरानो एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आस्थम) बुटवलमा नयां भर्ना भएका २०औं ब्याचका विद्यार्थीको स्वागत र १८ औं  ब्याचका विद्यार्थीहरुलाई विदाई गरिएको छ ।

    विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रममा बोल्दै होटेल एशोसिएसन नेपाल (हान) लुम्बिनी प्रदेश महासचिव टेकनाथ बस्यालले नेपालमा हस्पिटालिटी क्षेत्रमा राम्रो संभावना रहेकाले यहीं बसेर धेरै काम गर्न सकिने बताए ।

    बुद्ध जन्मस्थल लुम्बिनीलाई आध्यात्मिक पर्यटनको केन्द्र बनाउन सकिने भन्दै बस्यालले आगामी पांच वर्षभित्र लुम्बिनी प्रदेशमा पांचतारे होेटलको संख्या  एक दर्जन पुग्ने र त्यसबाट सयौंजनाले रोजगारी पाउने बताए । उत्कृष्ट व्यवस्थापन र विद्यार्थीमैत्री वातावरणका कारण आस्थम लुम्बिनी प्रदेशकै उत्कृष्ट होटेल म्यानेजमेन्ट तालिम केन्द्र बनेको बताए ।


    कार्यक्रममा आस्थम बुटवलका प्रबन्ध निर्देशक जि.एस. गुरुङ्गले बोल्दै होटल व्यवस्थापनको तालिम आफैमा सीपमूलक र व्यवहारिक तालिम भएकाले तालिम लिएपछि कोही पनि बेरोजगार हुन नपर्ने बताए ।

    आस्थम बुटवलको पहिलो दर्ता भएको  होटल म्यानेजमेन्ट अध्यापन गराउने शैक्षिक संस्था भएको जानकारी दिंदै गुरुङले हालसम्म १० हजार भन्दा बढी विद्यार्थीले विभिन्न अवधिका तालिम पुरा गरेको  बताए । २०६० सालमा स्थापना भएको आस्थमले १५ महिने र ६ महिने गरी एड्भान्स लेवलको होटल म्यानेजमेन्टको तालिम प्रदान गर्दै आएको प्रबन्ध निर्देशक गुरुङ्गले जानकारी दिए ।

    731f4139-6a37-4322-bd75-11ba518cbab0.jpg
    undefined

    कार्यक्रम आयोजक १९ औं ब्याचका विद्यार्थी सुवोध शाही ठकुरीको अध्यक्षता तथा बदमदेव हरिजन र शर्मिला गुरुङको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । 


    सो अवसरमा मिस्टर एण्ड मिस फ्रेसर ट्यालेन्ट शो प्रतियोगिता पनि भएको थियो । जसमा मिस फ्रेसरमा पूर्णिमा गुरुङ र मिस्टर फ्रेसरमा सौगात लिम्बु विजेता बनेका संस्थाका कार्यक्रम संयोजक मिलन रानाले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij