२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

गुल्मी अदालतले मृत घोषणा गरेका ब्यक्ती जिवितै भेटिए, श्रीमतीले १ वर्ष एकल महिला भत्ता खाईन

गुल्मी अदालतले मृत घोषणा गरेका ब्यक्ती जिवितै भेटिए, श्रीमतीले १ वर्ष एकल महिला भत्ता खाईन

गुल्मी अदालतले मृत घोषणा गरेका ब्यक्ती जिवितै भेटिए, श्रीमतीले १ वर्ष एकल महिला भत्ता खाईन

गुल्मी अदालतले मृत घोषणा गरेका ब्यक्ती जिवितै भेटिए, श्रीमतीले १ वर्ष एकल महिला भत्ता खाईन

गुल्मी अदालतले मृत घोषणा गरेका ब्यक्ती जिवितै भेटिए, श्रीमतीले १ वर्ष एकल महिला भत्ता खाईन
जिल्ला अदालत गुल्मीद्वारा आयोजित पत्रकार सम्मेलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण १९ २०८१
शनिवार, श्रावण १९ २०८१
  • गुल्मी। २०८० सालमा जिल्ला अदालत गुल्मीबाट मृत्युको न्यायिक घोषणा भएका गुल्मीका एक जना पुरुष जिवितै भेटिएका छन।

    अदालतका सुचना अधिकारी कमल पन्थीका अनुसार जिल्लाको धुर्कोट गाउँपालिका ६ रजस्थलका ३८ बर्षीय हरिप्रसाद पन्थी गत बर्ष अदालतमा आई आफु जिवितै रहेकोले मृत्यु बदर गरी पाउँ भनि जाहेर दिएका थिए । 

    सोही अनुसार उनको मृत्यु बदर गरी जिवित सदर गरिएको जिल्ला न्यायधिश युवराज गौतमले जानकारी दिए । 

    उनले भने  ' गत बर्ष ३० थान बेपत्ताहरुको मृत्युको न्यायिक घोषणा गर्नु पर्नेमा २१ थान फच्र्यौट भई सक्यो । ९ थान बाँकी छन । तर एक जना  मृत्यु घोषणा भई सकेका ब्यक्ति जिवितै आएर मृत्यु घोषण गरि पाउँ भनि जाहेरी दिए पछि उक्त न्यायिक घोषणा बदर गरिएको छ । '

    झण्डै १८ बर्ष अघि देखि घरबाट बेपत्ता पन्थी नेपालगञ्जतिर बसेर दोश्रो विवाह गरेको र  जेठी श्रीमति दुर्गा  पौड्याल पन्थीले बहुविवाहको मुद्धा दिएकी थिईन ।

    त्यस पछि उक्त मुद्धामा पनि  गुल्मी जिल्ला कारागारमा दुई बर्ष कैद सजाय भुक्तानी गरी निस्कीएको धुर्कोट गाउँपालिका ६ का वडाध्यक्ष कृष्ण नेपाली बताए  । 
    पछि उनै श्रीमतिले बेपत्ता श्रीमानको मृत्यु घोषणाका लागि  त्यस वडा कार्यालयमा सिफरिस लिन आएकी थिईन । त्यसैको आधारमा अदालतले मृत्युको न्यायिक घोषणा गरेको थियो ।

    ति महिलाले श्रीमानको मृत्यु घोषणा पश्चात करिव २ बर्ष एकल महिलाको भत्ता समेत खाएकी थिईन । अदालतबाट मृत्यु घोषणा बदर भए पछि भत्ता दिन छाडिएको वडाध्यक्ष  नेपालीले  बताए  ।

    केहि बर्ष अघि घरमा बर्षऔ बेपत्ता भएकोले मृत्यु भनेर काजकिरिया गरिएका इस्मा गाउँपालिका १ हर्पुकोटका एक ब्यक्ति पनि ५० बर्ष पछि भारतबाट घर फर्केका थिए ।

     पछिल्ला धुर्कोटका यी ब्यक्ति २०६३ साल देखि बेपत्ता भएको श्रीमतिले वडा कार्यालयमा सिफारिस माग्न आउँदा बताएकी थिईन । तर २०६६ सालमा उनै श्रीमान श्रीमतिबाट छोरा  जन्मिएको पाईएको अदलातका सुचना अधिकारी कमल पन्थीको भनाई छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij